Shikhar Insurance

एकीकृत समाजवादीकी लामा बनिन् हेटौंडा उपमहानगरपालिकाको मेयर

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार १२:०५
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मिना लामा हेटौंडा उपमहानगरपालिकाकी मेयर बनेकी छन् । प्रतिद्वन्द्वी राप्रपाका दीपक सिंह र नेकपा एमालेका अनन्त पौडेललाई पराजित गर्दै लामा मेयर बनेकी हुन् ।

उनले झन्डै ३ हजार मतान्तरको अग्रता लिएकी छन् । गन्न बाँकी मत, त्यसको सम्भावित परिणाम र हालको मतान्तरको आधारमा जित सुनिश्चित भएको भन्दै समाजवादी र गठबन्धनका कार्यकर्ताले विजय जुलुस निकाल्ने तयारी गरेका हुन् । जुलुस दिउँसो ३ बजे निश्किनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्