Shikhar Insurance

गठबन्धन सरकार र माओवादी अर्थमन्त्रीका कारण आयात बढी भयो भन्ने भ्रम हटाउनुस्ः मन्त्री शर्मा

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार १७:१०
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले यो सरकारका कारण आयात बढी भयो भन्ने भ्रम हटाउन अनुरोध गरेका छन् । प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा शर्माले यो वर्षमात्र बढी आयात भयो भन्ने हटाउने आग्रह गरेका हुन् ।

विभिन्न चुनौतीका माझ आयात बढ्दा डलरमा चाप परेको बताउँदै उनले भने, “कतिपयलाई भ्रम हुन सक्छ कि यो वर्ष मात्र यस्तो आयात भयो । तर, यो निरन्तर भइरहेको छ । यसलाई रोक्नुपर्ने तुनौती हामीकहाँ छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

शर्माले समस्याका बाबजुद पनि आर्थिक वृद्धि ५.८४ प्रतिशतले हुने अनुमान गरिएको बताउँदै सबै सरोकारवाला जवाफदेही भएमात्र नेपालको आर्थिक वृद्धि र पुँजी निर्माण तीब्र दरले अगाडि बढ्ने जिकिर गरे ।

मन्त्री शर्माका अनुसार चालु आर्थिक वर्षमा कम्पनी दर्ता संख्या अघिल्लो आवभन्दा बढेको छ । यसबाट व्यवसाय पेशा गर्न चाहनेको सक्रियता बढेको बुझ्न सकिने जिकिर उनले गरे ।

उनले समस्याका बाबजुद मुद्रास्फीतिको लक्ष्यको सामान्य बढी ७.२ प्रतिशत रहेको र आर्थिक वृद्धि ठीकै भएको बताए । “यस अवधिमा निर्यात आयातको तुलनामा सानो भएपनि वृद्धिदर राम्रो छ । निर्यात ६० प्रतिशतले र आयात २७ प्रतिशतले विस्तार भएको छ,” उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्