Shikhar Insurance

जनार्दन शर्माले बीपीसँग गरे आफ्नो तुलनाः उहाँलाई हलो जोतेको किसानले गरे झैं मलाई पनि ३ तस्बिरले निर्देशित गर्छन्

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ६, शुक्रबार १७:२७
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो कार्यशैलीमा मुख्यतयाः ३ कुराले निर्देशित गर्ने बताएका छन् । प्रतिनिधिसभामा बजेटको प्राथमिकता र सिद्धान्तमा उठेको प्रश्नको जवाफ दिँदै उनले पूर्व प्रधानमन्त्री बीपी कोइरालालाई हलो जोतिरहेको किसानको तस्बिरले निर्देशित गरे झैं आफूलाई ३ विषयले निर्देशित गर्ने बताएका हुन् ।

छलफलका क्रममा सांसदहरूले बीपीको कुरा उठाउँदै मन्त्री शर्मालाई उनले बनाएको बजेटको सिद्धान्त र प्राथमिकता केबाट निर्देशित छ ? भन्ने प्रश्न गरेका थिए । “मलाई निर्देशित गर्ने ३ कुरा छन् । बाजुराका पछि परेका जनता, रौतहटको मुसहर बस्ती र उपल्लो गोरखाको जनजातीको पिडाबाट मेरो सिद्धान्त निर्देशित छ,” जवाफमा उनले भने, “बीपी कोइरालाले भनेका कुरा पनि त्यही होला । उहाँले किसानको तस्बिर राजाको फोटोसँगै भित्तामा टाँस्न भनेका थिए । म बस्ने कुर्सीबाट अगाडि हेर्दा मलाई निर्देशित गर्ने यी तीनै तस्बिर देखिन्छन् ।”

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री शर्माले आगामी बजेटमार्फत् नीतिगत सिफ्ट लिनुपर्ने स्थिति आएको बताए । “विगतको तरिकाले बजेट बनायो भने महसुस गर्दै आएको परिपाटीले निरन्तरता हुन्छ,” शर्माले भने, ” तर, हामीले गुणात्मक लाभ हुने बजेट बनाउनु पर्नेछ । आयात कम गर्दै यसलाई प्रतिस्थापन गर्न विगतको परिपाटीको निरन्तरताले पुग्दैन ।”

उनले आफूले ल्याएको प्रतिस्थापन बजेट विगतको सरकारले बनाएका बजेट कार्यान्वयन गरेको पनि बताए । “विधि पुर्‍याउन मात्र प्रतिस्थापन बजेट बनाइएको हो,” उनले भने, “आगामी बजेटले अहिलेकै परिपाटीलाई निरन्तता दिने नीति ल्याउँदैन । सिफ्ट दिने,” उनले भने ।

बजेटमार्फत् पुँजीगत खर्च समयमै हुने बाटो खोलिने, कानुनी समस्या मुक्त गरिने, रूख काट्न ३ महिना र ईआईए गर्न वर्षौं पर्खनुपर्ने दिन अन्त्य गरिने जिकिर उनले गरे । “सानो बजेट स्वीकृत गर्न पनि अर्थमन्त्रीसम्म पुग्नुपर्ने संरचनागत समस्या हटाउनुपर्नेछ,” उनले भने, “प्राविधिक जनशक्ति कम छन्, प्रशासनिकभन्दा प्राविधिक जनशक्ति राष्ट्रसेवामा ल्याउनुछ ।”

मन्त्री शर्माले पुँजीगत खर्च र यसको अनुगमन जनप्रतिनिधिले गर्नुपर्ने औंल्याए । शर्माले नेपालको प्राथमिकता गरिवी र असमानताका विरूद्ध तथा समानता र न्यायका पक्षमा रहेको बताए ।

उनले बजेटले कृषिलाई प्राथमकिता दिए सबै आर्थिक विसंगति अन्त्य हुने बताए । “कृषिलाई प्राथमिकता दिनुपर्नेको कारण हो, यसको बहुआयामिक पक्ष,” शर्माले भने, “कृषिले नै गरिबी निवारण, रोजगारी सिर्जना, आयात प्रतिस्थापन गर्न सकिन्छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्