Shikhar Insurance

गोल्छाले वाणिज्य मन्त्रीलाई भनेः इन्धनमा कर घटाउ, गभर्नरलाई भनेः ब्याजदर बढ्न नदेउ

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ८, आईतवार १५:४३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले इन्धनमा लाग्ने कर घटाउन माग गरेका छन् । महासंघले आयोजना गरेको विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपाय नामक अन्तरक्रिया कार्यक्रममा गोल्छाले मूल्यवृद्धि नियन्त्रणमा राख्न इन्धनमा करको दर घटाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले विद्युतिय उपकरणको प्रयोग बढाउनुपर्ने, निर्माणाधिन जलविद्युत आयोजना समयमै सम्पन्न गर्नु पर्ने, विद्युतीय सवारी साधनको व्यवस्था गर्नु पर्ने, विद्युतीय रेल चलाउनेपर्नेलगायतका धारणा राखेका थिए । गोल्छाले कृषिको व्यावसायीकरणका लागि जग्गा हदबन्दी हट्नुपर्ने, आयकरको दर ५ प्रतिशतमा झार्नुपर्ने, मौद्रिक नीतिमार्फत बढ्दो मूल्यवृद्धिलाई कम गर्ने रणनीति लिनुपर्ने र ब्याजदर थप बढाउनु नहुने पनि बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल राष्ट्र बैंकको गभर्नरलाई उनले भने, “ब्याज बढ्दैमा निक्षेप बढ्दैन भन्ने प्रमाणित भएको छ । ब्याज बढाउने बित्तिकै निक्षेप बढ्छ भन्ने अनुमान थियो तर, त्यो अहिले गलत प्रमाणित भयो, म गभर्नरज्यूलाई अब ब्याज बढाउनु हुन्न भन्ने आग्रह गर्छु ।”

उद्योग, वाणिज्य ता आपूर्ति मन्त्री दिलेन्द्र बडुतर्फ हेर्दै उनले भने, “उपभोक्तालाई राहत दिन भारतले हिजो मात्र कर घटाएको छ। हामीले पनि यस्तै गर्न सक्छौं ।”

GBIME

प्रतिक्रिया दिनुहोस्