Shikhar Insurance

गभनर्रले खुलाए ब्याजदर बढाउनुको कारण, निक्षेप आकर्षित गर्न नभए किन वृद्धि गरिएको रहेछ ?

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ८, आईतवार १६:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद ब्याजदर बढाउनुको कारण निक्षेप आकर्षित गर्न नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपाय नामक अन्तरक्रिया कार्यक्रममा अधिकारीले निक्षेप बढाउन नभएर उपभोग घटाउन ब्याजदर बढाइएको दाबी गरे ।

केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको अर्द्धसमीक्षा गर्दै पोलिसी ब्याजदर २ प्रतिशतले बढाएर ७ प्रतिशत पुर्‍याएको थियो । त्यसयता वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर ११ प्रतिशतभन्दा माथि पुगेको छ भने कर्जाको ब्याजदर १५ प्रतिशत छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अधिकारीले आयातित वस्तुको उपभोग घटोस् भन्ने मनशायले ब्याजदर बढाएको जिकिर गरे । ब्याजदर बढाएपनि उपभोक्ताहरू जतिपनि मूल्य तिर्न तयार रहेको पाइएको गभनर्रको दाबी छ ।

अर्थतन्त्रको आयातमुखी प्रवृत्तिले मूल्यवृद्धि बढाउन सहयोग गरेको अधिकारीको भनाइ छ । बजेट र मौद्रिक नीति तेस्रो त्रैमासिक समीक्षाको पूर्वसन्ध्यामा अधिकारीले अहिलेको विश्व अर्थतन्त्र परिवेशलाई ‘इकोनोमी अफ सर्टेज’ भन्ने गरेको सुनाउँदै विश्वभर देखिएको लहर नेपालमा देखिने सामान्य भएको तर्क गरे ।

यसअघि महासंघका अध्यक्ष गोल्छाले अधिकारीलाई ब्याज बढ्दैमा निक्षेप बढ्दैन भन्ने प्रमाणित भएको बताएका थिए । गोल्छाले भनेका थिए, “ब्याज बढाउने बित्तिकै निक्षेप बढ्छ भन्ने अनुमान थियो तर, त्यो अहिले गलत प्रमाणित भयो, म गभर्नरज्यूलाई अब ब्याज बढाउनु हुन्न भन्ने आग्रह गर्छु ।”

GBIME

प्रतिक्रिया दिनुहोस्