Shikhar Insurance

भरतपुर : ३१ हजार मत गन्न बाँकी हुँदा रेणुलाई ८ हजार मतको अग्रता, देश दुर्घटनामा नजाने !

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ८, आईतवार १८:१२
NIMB
Nabil Bank

काठमाडौं । भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मतगणना गर्न बाँकी रहेको छ । हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महानगरको १ देखि २० नम्बरसम्मको गणना सकिएको छ ।

अहिलेसम्मको गणनाअनुसार महानगरपालिकाको प्रमुख पदमा रेणु दाहाल जित नजिक पुगेकी छन् । पाँच दलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले आठ हजार २९५ मतले अग्रता लिएकी छन् । दाहालले ३७ हजार ९२८ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले २९ हजार ६३३ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ४६३ मत प्राप्त गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मेयरमा अग्रता लिने दाहाल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल पुत्री हुन् । दाहालले चुनावी प्रचारप्रसारका क्रममा रेणुले हारे देश दुर्घटनामा जाने धम्की दिएका थिए ।

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १६ हजार ६७८ मत अन्तरले अग्रता लिएका छन् । अधिकारीले ४० हजार १२१ मत प्राप्त गर्दा गुरुङले २३ हजार ४४३ मत प्राप्त गरेकी छन् । भरतपुर महानगरमा हाल वडा नम्बर २१ र २२ को मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्