Shikhar Insurance

जीआईसीले ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने, पाउला त अनुमति ?

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ९, सोमबार १०:५१
NIMB
Nabil Bank

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी(जीआईसी)ले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । जीआईसी सञ्चालक समितिको जेठ ६ गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको ३० प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । बीमा समितिको स्वीकृतिपछि हकप्रद सेयर निष्काशनको प्रक्रिया आरम्भ हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । बीमा समितिले आगामी ८० असार मसान्तभित्र निर्जीवन बीमा कम्पनीहरुको पुँजी २ अर्ब ५० करोड पुग्नुपर्ने व्यवस्था गरिदिएको छ । समितिले सिमित मात्रामा मात्रै हकप्रद सेयर निष्काशन गर्न दिने भनेको छ । यस अघि नै अजोड इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर निष्काशन गर्न रोक लगाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्