Shikhar Insurance

सुनचाँदीकै मूल्य आइतबारदेखि स्थिर

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार ११:५१
NIMB
Nabil Bank

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । लगातार तिन दिन देखि नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बजारमा आइतबार देखि नै छापावाल सुन ९८ हजारमा खरिदबिक्री हुँदै आएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरि तेजावी सुनमा पनि कुनै परिवर्तन आएको छैन । तेजावी सुन ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा खरिदबिक्री भईरहेको छ ।

अन्तरराष्ट्रिय बजार मूल्य अनुसार नेपालमा महासंघले सुनचाँदीको मूल्य तोक्ने गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्