Shikhar Insurance

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, डेढ सय कम्पनीको मूल्य वृद्धि

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १५:४८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल एक्सचेन्ज(नेप्से)का अनुसार मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । साताको दोस्रो कारोबारको दिन नेप्से १६.३२ अंकले बढेर २,२१७.१९ को बिन्दुमा आएको हो । त्यसैगरी ठूला कम्पनीको सेयर मापक सेन्सिटिभ इण्डेक्स ३.६२ अंकले बढेर ४३२.६७ को बिन्दुमा आएको छ ।

मंगलबार दिनभरिमा २२४ स्क्रिप्टको ३१ लाख ७३० कित्ता सेयर १ अर्ब ८ करोड ८८ लाख ३३ हजार रुपैयाँमा खरिदबिक्री भए । लामो समय पछि नेप्सेमा हरियाली छाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कारोबार रकमको आधारमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्था शिर्ष स्थानमा छ । संस्थाको ४ करोड ८४ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यसैगरि उपर तामाकोशी हाइड्रोपावर ४ करोड ६३ लाख १४ हजार, अरुण काबेली पावर ४ करोड ४९ लाख ३३ हजार, अरुण भ्याली हाइड्रोपावर ३ करोड ८१ लाख ५७ हजार र नबिल बैंक ३ करोड २ लाख ३८ हजार रुपैयाँको कारोबार सहित शीर्ष पाँच स्थान भित्र रहेको छ ।

मंगलबार कारोबारमा आएका १४९ कम्पनीको सेयर मूल्य बढ्दा ३८ कम्पनीको घटेको छ भने ५ कम्पनी स्थिर रहेको छ ।

यसदिन लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयर धनीहरुले सर्वाधिक ५.९५ प्रतिशतले कमाएका छन् । त्यसैगरी अपर तामाकोशी हाइड्रोकाे सेयर मूल्य ५.५८ प्रतिशत, विजय लघुवित्त वित्तीय संस्थाको ४.३८, हिमालयन ऊर्जा विकास कम्पनी ४.३४ र नारायणी डेभलपमेन्ट बैंक ४.०२ प्रतिशतले बढेका छन् ।

मंगलबार समूहगत उपसूचकतर्फ ११ वटा बढ्दा २ वटा घटेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्