Shikhar Insurance

एक साता नबित्दै सरकारले बढायो सार्वजनिक सवारीको भाडा (यस्तो छ नयाँ भाडादर)

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १८:०४
NIMB
Nabil Bank

काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा फेरि बढाएको छ । इन्धनको भाउ बढेको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा बढाएको हो ।

विभागका अनुसार अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फको भाडा २.१ प्रतिशतले बढेको छ । यस्तै पहाडी बाटोमा गुड्ने मालबाहकमा २.७ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ३ प्रतिशत भाडा बढेको विभागले जनाएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

सरकारले ७ दिनमै नयाँ भाडादर लागु गरेको हो । नयाँ भाडादर आजैबाट लागु भएको छ ।

यसअघि सरकारले जेठ ३ र त्यसअघि चैत २० गते लागु हुने गरी नयाँ भाडादर तोकिएको थियो । इन्धनको मूल्य ५ प्रतिशतले बढेको स्थितिमा सरकारले सार्वजनिक सवारीको भाडा बढाउने गर्छ ।

यसअघि नेपाल आयल निगमले स्थानीय तह निर्वाचनको भोलिपल्टै पेट्रोलियम पदार्थको मूल्य बढाएकामा सरकारले त्यसको ३ दिन पछि नयाँ भाडादर लागु गरेको थियो ।

कहाँको भाडा कति ?

GBIME

प्रतिक्रिया दिनुहोस्