Shikhar Insurance

हिमालयन र इन्भेष्टमेन्ट बैंकको लापरबाहीले आज पनि सेयर कारोबार नखुल्ने !

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १२, बिहीबार १०:३९
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन र इन्भेष्टमेण्ट बैंकले आफ्ना आधारभुत सेयरधनीको डिम्याट नम्बर समयमा नपठाएपछि १ वर्षभन्दा बढी समयदेखि रोकिएको सेयर कारोबार बिहीबार पनि नखुल्ने संकेत देखिएको छ । ती बैंकले १ प्रतिशतभन्दा बढी सेयर भएका सेयरधनीको नाममात्र पठाएपछि अन्योल भएको हो ।

मर्जरका कारण रोकिएको कारोबार नेपाल राष्ट्र बैंकको अनुमतिमा नेपाल इन्भेष्टमेन्टको बिहीबारबाट खुलाउने तयारी गरिएको थियो । हिमालयनले भने राष्ट्र बैंकले तोकेको स्प्रेडदर कायम नगरेकाले कारोबार रोकिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

इन्भेष्टमेण्ट बैंकले जेठ १० गते नै नेप्से र सीडीएससीलाई आधारभुत सेयरधनीको नाम पठाएपनि बुधबार साँझमात्र डिम्याट नम्बर पठाएको स्रोतले जनाएको छ । बिहीबार कार्यालय खुलेपछिमा नेप्सेलाई डिम्याट नम्बरसहितको पत्र पठाएपछि नेप्सेले आधारभुत सेयरधनीको कारोबार रोक्का गरी बाँकीको खोल्नेछ ।

मर्जर सम्झौतासँगै २०७८ वैशाख ३१ देखि रोकिएको यी बैंकको मर्जर असफल भएसँगै कारोबार खुलेको छैन । नेपाल राष्ट्र बैंकले अर्को पार्टरसँग मर्ज नटुंग्याएसम्म दोस्रो बजारमा कारोबार रोक्का गर्ने बताएको थियो । पछि चौतर्फी बिरोध भएपछि राष्ट्र बैंकले आधारभुतभन्दा बाहेकको सेयर कारोबार खोल्न अनुमति दिएको हो ।

३७७ दिनदेखि रोकिएको हिमालयन र इन्भेष्टमेण्टको सेयर कारोबार भोलिदेखि खुल्दै, यी कम्पनीको भने रोक्कै रहने

GBIME

प्रतिक्रिया दिनुहोस्