Shikhar Insurance

आइतबार सार्वजनिक बिदाको दिन पनि राहदानी विभाग खुल्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १२, बिहीबार १२:२२
NIMB
Nabil Bank

काठमाडौं । सार्वजनिक बिदाको दिन पनि राहदानी विभाग खुल्ने भएको छ । सरकारले जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा लागू गरेको छ । तर, विभागले भने ग्राहकको उच्च चापका भन्दै जेठ १५ गतेदेखि अर्को व्यवस्था नभएसम्म आइतबार सार्वजनिक बिदाको दिन पनि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुला हुने उल्लेख गरेको छ ।

विभागले बिहीबार सुचना जारी गर्दै सार्वजनिक बिदाको दिन पनि तोकिएको समयभित्र राहदानी सम्बन्धि सम्पूर्ण सेवा दिने जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

विद्युतीय राहदानी सहज रुपमा उपलव्ध गराउने नेपाल सरकारको नीति रहेको र राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढीरहेकोले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गर्न लागिएको विभागले उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्