Shikhar Insurance

४ सयले घट्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १२, बिहीबार ११:२०
NIMB
Nabil Bank

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर ९७ हजार ८०० तोकिएको छ । अघिल्लो दिन छापावाल सुन ९८ हजार २०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० छ । अघिल्लो दिन तेजावी सुन ९७ हजार ७०० मा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २७० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४५ डलर आसपासमा कारोबार भइरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्