Shikhar Insurance

सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर घटायो, मूल्य पनि घट्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १३, शुक्रबार १२:३४
NIMB
Nabil Bank

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएको छ । जेठ १० गतेको मन्त्रिपरिषद्को बैठकले कर घटाउने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।

कुन शीर्षकमा कति कर घटाउने भन्ने निर्णय भने भएको छैन । बडुले यस विषयमा अहिले अर्थ मन्त्रालयमा गृहकार्य भइरहेको बताए । सरकारले पेट्रोलियम पदार्थमा भन्सार शुल्क, पूर्वाधार कर, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क आदि लिँदै आएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कर घटाएसँगै नेपाली बजारमा इन्धनको मूल्य घट्ने विश्वास गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्