Shikhar Insurance

सुनको मूल्य बढ्यो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १३, शुक्रबार १२:४३
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार छापावाल सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन छापावाल सुन ९७ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरि तेजावी सुन पनि २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी १२ सय ७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा नेपाल व्यवसायी महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्