Shikhar Insurance

आर्थिक सर्वेक्षण आज पेश हुँदै, अर्थतन्त्रको मुहार बुझ्न पढ्नैपर्ने/हेर्नैपर्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १४, शनिबार ११:३१
NIMB
Nabil Bank

काठमाडौं । प्रतिनिधि सभामा आज शनिबार (जेठ १४ गते) आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेश हुँदैछ । बैठकमा जेठ १३ गतेका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण पेश हुन पाएन ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम छ । यही जेठ १५ गते सङ्घीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेश गर्नेछन् । गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बजेट सार्वजनिक गर्नुभन्दा एक दिन अगाडि आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने गरिएको छ । आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि, समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरूको अवस्था र विश्लेषण समावेश हुन्छ ।

आर्थिक सर्वेक्षणमा विशेषतः समग्र आर्थिक स्थिति, प्रादेशिक आर्थिक तथा सामाजिक स्थिति, सार्वजनिक वित्त, मूल्य विश्लेषण, वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिबी निवारण र रोजगारी, कृषि वन तथा भूमिसुधार लगायतका शीर्षक रहन्छन् ।

त्यस्तै उद्योग वाणिज्य आपूर्ति पर्यटन, आवास तथा सहरी विकास, वातावरण र ऊर्जा, भौतिक पूर्वाधार यातायात र सञ्चार, सामाजिक क्षेत्र, पुनर्निर्माण, सुशासन, प्रशासन, लगायतका शीर्षक पनि रहन्छन् । त्यस्तै कोरोना महामारी आएपछि अघिल्लो आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहतको शीर्षक पनि समावेश थियो । यस पटक पनि सो शीर्षक समावेश हुनेछ ।

त्यस्तै आर्थिक सर्वेक्षणमा यी शीर्षकसँग सम्बन्धित परिसूचक र अनुसूची पनि समावेश हुन्छन् । यससँग सम्बन्धी दर्जनौं चार्ट तथा ग्राफ सर्वेक्षणमा समावेश हुन्छ ।

सामान्यतया अर्थमन्त्रीले आर्थिक सर्वेक्षणको कार्यकारी सारांश मात्र वाचन गरेर सुनाउने र मुख्य पुस्तक भने मन्त्रालयको वेबसाइटमा अपलोड गरी सार्वजनिक गर्ने गरिएको छ ।

आर्थिक सर्वेक्षणसँगै सरकारले आज पहेँलो किताब पनि सार्वजनिक गर्ने भएको छ । पहेँलो किताबमा भने सरकारी संस्थानको वित्तीय अवस्थाको बारेमा उल्लेख गरिएको हुन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्