भोलि बन्ने सरकारलाई बोझ हुने कार्यक्रम चुनावी सरकारले ल्याउनु हुँदैनः विष्णु पौडेल

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १४, शनिबार ११:४४

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले नेता विष्णु पौडेलले चुनावी सरकारले दीर्घकालीन दायित्व थप्ने कार्यक्रम ल्याउनु नहुने बताएका छन् । पौडेलले वर्तमान सरकार चुनावी सरकार भएकाले भोलि आउने सरकारलाई बोझ थप्न नहुने बताएका हुन् ।

उनले सरकारको नीति तथा कार्यक्रम दिशाहीन भएको पनि बताए । पौडेलले नीति तथा कार्यक्रम आर्थिक संकट उन्मुख बेखबर रहेको जिकिर गरे । उनले आत्मनिर्भर अर्थतन्त्र, आर्थिक वृद्धि बढाउने कार्यक्रम नरहेको पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्