Shikhar Insurance

आफ्नै सरकारलाई गगनको कटाक्ष : अर्थतन्त्र समस्यामा पुग्न लागेको हैन, संकटमै पुगिसक्यो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १४, शनिबार १२:०८
NIMB
Nabil Bank

काठमाडौं । नेपाली कांग्रेसका संसद तथा महामन्त्री गगन थापाले अर्थतन्त्र समस्याग्रस्त मात्र नभएर संकटमै फस्न थालिसकेको बताएका छन् । उनले अर्थतन्त्रमा जोखिम आइसकेको जिकिर गर्दै अहिलेको अवस्था मुलुकले धान्न नसक्ने बताए ।

‘जोखिममा पुग्न लागेको भनिएको छ, तर त्यसो होइन, संकटमै पुगिसक्यो,’ थापाले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिलेको संकटबाट विगतमा जस्तै गरी पार लगाउन नसकिने उनको भनाइ छ । नेपाललाई व्यापारघाटा चिन्ताको विषय भएको भन्दै अब ठूलो हिस्सा ओगट्ने पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन र खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने बताए ।

आयात प्रतिस्थापन गर्न सरकारले ल्याएको नीति सही भएको भन्दै उनले यसलाई बजेटले सम्बोधन गर्नुपर्ने उनले बताए ।

महामन्त्री थापाले प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता केपी आलीले संसदमा गरेको ३ घन्टे भाषणमाथि ‘सहानुभुती’ प्रकट गर्दै भने, “रन्थनिएको बेला बसेर, उठेर, सुतेर, जसरी बोलेपनि हुन्छ । रन्थनिएको बेला पलेटी कसेर बोलेपनि हुन्छ, एक खुट्टा टेकेर बोलेपनि हुन्छ । हामीले सुन्दिनुपर्छ । कहाँ बोल्ने के बोल्ने भन्ने बोल्नेले हेक्का राख्नुपर्छ । हामीले बिचरा मात्र भन्न सक्छौं । यतिमात्र हो ।”

GBIME

प्रतिक्रिया दिनुहोस्