Shikhar Insurance

झन् बढ्यो सार्वजनिक ऋण, हरेक नेपालीको थाप्लोमा ६३ हजार रूपैयाँ

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १४, शनिबार २१:४७
NIMB
Nabil Bank

काठमाडौं । प्रत्येक नेपालीको थाप्लोको ऋण झनै विस्तार भएको छ । नयाँ तथ्यअनुसार नेपालको प्रतिव्यक्ति सार्वजनिक ऋण ६३ हजार नाघेको हो ।

आर्थिक सर्वेक्षणअनुसार नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यो ऋण नेपालको २ करोड ९१ लाख ९२ हजार ४ सय ८० जनालाई भाग लगाउँदा प्रत्येकको भागमा ६३ हजार ३ सय १० हुन आउँछ ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, यो ऋण व्यक्तिले तिर्नुपर्ने होइन । सरकारले हरेक वर्ष विनियोजन गरेको रकमबाट ऋण तिर्दै जान्छ । यो फागुन मसान्तसम्मको तथ्यांक हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्