Shikhar Insurance

४४ मध्ये २४ वटा नाफामा, यी हुन् बढी नाफा गर्ने ‘टप फाइभ’ संस्थान (कसको कति ?)

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १४, शनिबार २१:५९
NIMB
Nabil Bank

काठमाडौं । सरकारी लगानीका ४४ संस्थानमध्ये २२ वटा संस्थानको खुद नाफा घटेको छ । गत आर्थिक वर्षमा सरकारको स्वामित्व रहेका २२ संस्थानहरुको खुद नाफा ४०.३० प्रतिशतले घटेको सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षाले देखाएको हो ।

साथै, अघिल्ला वर्षहरुमै नोक्सानीमा सञ्चालित १९ वटा संस्थानहरुको सञ्चित नोक्सान ३.६१ प्रतिशतले बढ्दा सरकारको प्रशासनिक खर्च २.३८ प्रतिशतले बढेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सरकारको लगानी रहेका १० औद्योगिकतर्फका  संस्थान मध्ये ८ वटा घाटामा छन् भने एउटा मात्रै नाफामा छ । सरकारी लगानीको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमात्रै १ करोड ९१ लाख रुपैयाँले नाफामा छ ।

यस्तै ४ वटा व्यापारीक संस्थान मध्ये ३ वटा घाटामा छन् । कृषि सामाग्री कम्पनीमात्रै १२ करोड २४ रुपैयाँ नाफामा छ ।

सरकारले लगानी गरेको सेवातर्फका ९ वटा संस्थान मध्ये गत आवमा ४ वटा घाटामा छन् भने ५ वटा नाफामा छन् । ५ वटा सामाजिक संस्थानमा लगानी रहेकामा २ वटामात्रै नाफामा छन् ।

जनउपयोगीतर्फ लगानीमा रहेको ५ वटामध्ये नेपाल खानेपानी संस्थानमात्रै घाटामा छ । वित्तीय क्षेत्रतर्फ सरकारको लगानी रहेको ९ वटा संस्थान नै नाफामा छन् ।

यसरी सरकारको लगानी रहेको ४४ संस्थानमध्ये १९ वटा संस्थान घाटामा छन् भने २४ वटा नाफामा हुँदा नेपाल मेटल कम्पनीको अझै कारोबार शुरु भएको छैन ।

४४ संस्थान मध्ये सबैभन्दा बढी नाफा गर्ने संस्थानहरुमा पहिलो नम्बरमा नेपाल दुरसञ्चार कम्पनीले ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, सबैभन्दा बढी खुद नाफा गर्ने संस्थानको दोस्रो नम्बरमा नेपाल विद्युत प्रधिकरण रहेको छ । प्राधिकरणले गत आवमा ६ अर्ब ९ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तेस्रो, चौथो र पाँचौ नम्बरमा ३ वटा वाणिज्य बैंकहरुको रहेका छन् ।

गत आवमा कृषि विकास बैंकले ३ अर्ब ५२ करोड ७५ लाख, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ४२ करोड ३६ लाख र नेपाल बैंकले २ अर्ब ९६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

नेपाल दुरसञ्चार कम्पनीको सञ्चित नाफा ४५ अर्ब रुपैयाँभन्दा बढी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्