Shikhar Insurance

संस्थानमा सरकारी लगानीको बेहाल, सेयरको २% मात्र प्रतिफल ! (५ वटाले मात्र बुझाए लाभांश)

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १४, शनिबार २२:४६
NIMB
Nabil Bank

काठमाडौं । सरकारले गत आर्थिक वर्षसम्म ४४ वटा सार्वजनिक संस्थानमा कुल ३ अर्ब १४ अर्ब ६५ करोड ७ लाख रुपैयाँ सेयर लगानी गरेको छ तर, गत आवमा सरकारलाई ५ वटा संस्थानले मात्रै लगानीको प्रतिफल दिएका छन् ।

गत आवमा सरकारले कुल सेयर लगानीको २.१४ प्रतिशतमात्रै प्रतिफल प्राप्त गरेको सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा, २०७९ ले देखाएको छ । सो समीक्षा अनुसार गत आवमा नेपाल दुरसञ्चार कम्पनी, नेपाल आयल निगम र २ वटा सरकारी लगानीका वाणिज्य बैंक (कृषि र राष्ट्रिय वाणिज्य बैंक) र नेपाल स्टक एक्स्चेन्जले मात्र सरकारलाई लाभांश बुझाएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवमा यी ५ वटा संस्थानहरुले सरकारलाई कुल ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश बुझाएका हुन् । जसको ८१.६८ प्रतिशत नेपाल दुरसञ्चार कम्पनी, २.८० प्रतिशत नेपाल आयल निगम र वाणिज्य बैंकहरुले १५.५२ प्रतिशत लाभांश बुझाएका हुन् ।

गत आवमा सरकारी लगानीका औधोगिक क्षेत्र, सामाजिक र सेवा क्षेत्रका संस्थानहरुबाट लाभांश नै प्राप्त भएको छैन ।

 

कसले कति बुझाए ?

नेपाल दुरसञ्चार कम्पनीः ५ अर्ब ४८ करोड ९८ लाख रूपैयाँ

नेपाल आयल निगमः १८ करोड ८१ लाख रूपैयाँ

कृषि विकास बैंकः ६४ करोड ४ लाख रूपैयाँ

राष्ट्रिय वाणिज्य बैंकः ३१ करोड ५० लाख रूपैयाँ

नेपाल स्टक एक्स्चेन्जः ८ करोड ७९ लाख रूपैयाँ

 

वर्षेनी लाभांश घट्दो, यस्तो छ ५ वर्षको अवस्था

आर्थिक वर्ष २०७३/७४ मा सरकारले सार्वजनिक संस्थानहरुमा १ खर्ब ५९ अर्ब ५७ करोड १८ लाख रुपैयाँ सेयर लगानी गरेको थियो । जुन गत आवमा आइपुग्दा ३ खर्ब १४ अर्ब ६५ करोड ७ लाख रुपैयाँ पुगेको छ ।

आव ०७३/७४ मा सकारले ७ अर्ब ७७ करोड ७० लाख रुपैयाँ लाभांश बुझेको थियो भने गत आवसम्म आइपुग्दा यस्तो लाभांश घटेको तथ्यांकले देखाउँछ ।

सरकारले आव ७४/७५ मा २४ अर्ब ६८ करोड ४८ लाख, आव ०७५/७६ मा ९ अर्ब ४७ करोड १० लाख रुपैयाँ, आव ०७६/७७ मा १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँ र आव ०७७/७८ मा ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश बुझेको हो ।

गत आवमा सरकारले बुझेको लाभांश अघिल्लो आवको भन्दा ५२.३३ प्रतिशतले कम हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्