Shikhar Insurance

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान हरायो

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार ११:१७
NIMB
Nabil Bank

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रुसहित जोमसोमका लागि उडेको उक्त जहाज बेपत्ता भएको हो ।

पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । जहाज बिहान ९ : ५५ मा पोखराबाट जोमसोमको लागि उडेको थियो । जहाजमा १३ नेपाली, चारजन भारतीय र थप दुईजना अन्य मुलुकका यात्रु थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले जहाज जोमसोम उडाएका थिए । जहाजको चालक दलका सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्