Shikhar Insurance

सेयर बजारको पुँजीगत लाभकर घट्दै

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार ११:३४
NIMB
Nabil Bank

काठमाडौं । सरकारले बजेटमार्फत् सेयर बजारमा लाग्दै आएको पुँजीगत लाभकरको सीमा घटाउने भएको छ । नेपाल धितोपत्र बोर्डको सुझाव सम्बोधन गर्दै अर्थमन्त्रालयले पुँजीगत लाभकरको सीमा घटाउन लागेको हो ।

हाल सेयर बजारमा अल्पकालिन र दिर्घकालिन आय गरी २ प्रकारका पुँजीगत लाभकार लाग्ने गरेको छ । जसमा अल्पकालिन अर्थात १ वर्ष अवधि (३६५ दिन) भन्दा कम समय सेयर होल्ड गरी बिक्री भएका सेयरको आम्दानीमा ७.५ प्रतिशत र सोभन्दा बढी समय होल्ड गरी बिक्री गरिएका सेयर बिक्रीमार्फत प्राप्त भएका आम्दानीमा ५ प्रतिशत पुँजीगत लाभकर लाग्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तर, बोर्डले सेयर होल्डिङ र लाभकरको सीमा घटाउन सुझाएसँगै सोही अनुसार सम्बोधन गर्न लागिएको अर्थमन्त्रालय स्रोतले सिंहदरबारलाई जानकारी दिएको छ ।

‘सेयर होल्डिङ डे, लाभकरको सीमा घटाउन बोर्डले नै बुँदागत रुपमा स्पष्टिकरण सहित सुझाव दिएको थियो, सोही अनुसार बजेटमार्फत् सीमा घट्छ,’ स्रोतले भन्यो, ‘सम्भवत अल्पकालिन पुँजीगत लाभकरको गणना समय र सीमा दुबै घटाइन्छ, हालसम्म सेयर बजारको पुँजीगत लाभकर ३/५ प्रतिशत बनाउने भन्ने हो, यसमा केही हेरफेर हुन सक्छ ।’

यद्यपि आगामी आर्थिक वर्षमा सेयर बजारबाट प्राप्त आम्दानीमा लाग्ने पुँजीगत लाभकर घट्ने निश्चित रहेको स्रोतको दावी छ । ‘पुँजी बजारको दिगो विकास र स्थीरताका लागि पुँजीगत लाभकर घटाउने कुरा प्रमुखताका साथ अघि बढाएका छौं, यसपाली सम्बोधन हुने आस पनि छ ।’, धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सिंहदरबारसँग भनेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्