Shikhar Insurance

सम्पर्क विहिन तारा एयरको विमान खोज्न स्थलमार्गबाट प्रहरी र सेना परिचालन

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १२:५१
NIMB
Nabil Bank

काठमाडौं । सम्पर्क विहिन पोखराबाट जोमसोम लागि उठेको तारा एयरको विमानको खोजी स्थलमार्ग शुरु गरिएको छ । बिहान १० बजेदेखि हराएको सो विमानलाई मौसम खराबीमा कारण हवाईमार्गबाट खोज्न नसकिए पछि स्थलमार्गबाट खोजी शुरु गरिएको नेपाल नागरिक उड्यान प्राधिकरणले जानकारी दिएको छ ।

बिहान १०.०७ बजे घोडेपानीबाट जोमसोम टावरमा सम्पर्कमा आएपछि सम्पर्क विहिन भएको तारा एरको विमान खोज्न फिस्टेल एयरको हेलिकप्टरलाई सो स्थानतर्फ पठाइएको थियो । तर, प्रतिकृल मौसमको कारण उक्त हेलिकप्टर जोमसोम नै फर्किएपछि स्थलमार्गबाट नेपाली सेना र नेपाल प्रहरीको टिमलाई पठाइसकेको प्राधिकरणले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

मौसममा सुधार आउन साथ सम्पर्क विहिन विमान खोज्नको लागि काठमाडौं, पोखरा तथा जोमसोम विमानस्थलमा थप हेलिकप्टरहरु ‘स्टयाण्ड वाई’ राखिएको छ । विमानमा १३ नेपाली, ४ भारतीय र थप दुई अन्य मुलुकका यात्रु थिए । जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले जहाज जोमसोम उडाएका थिए । जहाजको चालक दलका सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्