Shikhar Insurance

एकिकृत समाजवादीमै फर्किए अखिल उप महासचिव मेघनाथ चापागाईँ

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १२:५६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एकिकृत समाजवादी) निकट अनेरास्ववियूका उप महासचिव मेघनाथ चापागाई अन्ततः पुन पार्टीमै फर्किएका छन् । स्थानीय तह निर्वाचन अघि उनी एकिकृत समाजवादी छाडेर एमाले प्रवेश गरेका थिए । स्याङजाका चापागाईँले निर्वाचन लगत्तै एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेर आफु पुनः पार्टीमा फर्किएको बताएका हुन् । चापागाईँले आफु भुलबस र बाध्यताबस बाटो बिराएको पनि बताएका छन् ।

‘आस्थाका धरोहर आदरणीय नेता श्रदेय अध्यक्ष कमरेड माधव नेपाल सङ
परिस्थितिजन्य कारणले विवशतावस केही समय बाटो अलमल र केही फरक जस्तो देखितापनि म आफ्नो मूल राजनीतिक मान्यता र संगठनप्रति प्रतिबद्ध रहेको कुरा सबैमा जानकारी गराउॅछु । मलाई माया गर्ने सबै प्रति आभारी छु र यहॅाहरूको मायालाई अब कहिले पनि तलमाथि हुन दिने छैन ।’
चापागाईले आफ्नो फेसबुकमा लेखेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्