Shikhar Insurance

चिराग गोयल बने योङ आन्टरप्रेनर्श फोरमको अध्यक्ष, युवाको स्टार्टअफ प्रवर्द्धनमा सघाउने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १३:२३
NIMB
Nabil Bank

काठमाडौं । नेप्लिज योङ इन्टरप्रेनर्स फोरम (एनवाईईएफ)को काठमाडौं च्याप्टर अध्यक्षमा चिराग गोयल निर्वाचित भएका छन् । फोरमको काठमाडौं च्याप्टरको चौथो वार्षिक साधारणसभाले गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत गठन गरेको हो ।

नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष निरज कर्माचार्यसहित प्रथम उपाध्यक्षमा प्रार्थना साःख र द्वितीय उपाध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् । त्यस्तै, आप्पा शेर्पा, क्षितिज तामाङ, ईच्छा मल्ल, रसना श्रेष्ठ, निर्देश द्वा, निषित मित्तल र अनुभव श्रेष्ठ कार्यसमिति सदस्यमा चयन भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नयाँ कार्यसमितिले युवा युद्यमीहरुलाई एकीकृत भई एकअर्कामा सहयोग जुटाउन सहज हुने नवनिर्वाचित अध्यक्ष चिराग गोयलले बताए । साथै युवा उद्यमीहरुको समस्याहरुलाई उजागर गरी समाधानको पहल गर्ने, उद्योग वाणिज्य महासंघसँग मिलेर काम गर्ने , नयाँ उद्यमी, युवा पुस्ताको स्टार्टअप, महिला उद्यमीलाई पनि सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्