Shikhar Insurance

सम्पर्कविहिन तारा एयरको विमान मुस्ताङको लार्जुङ खोचमा क्षतविक्षत अवस्थामा, दुर्घटना बिहान १०:०८ बजे नै

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १५, आईतवार १३:४१
NIMB
Nabil Bank

काठमाडौं । सम्पर्क विहिन तारा एयरको विमान मुस्ताङको लार्जङमा दुर्घटना भएको पुष्टी भएको छ । बिहान १०:०७ बजे सम्पर्क विहिन भएको सो विमानको १०:०८ मै दुर्घटना भएको नेपाल वायु सेवा सञ्चालकका प्रवक्ता योगराज कँडेलले सिंहदरबारलाई जानकारी दिए ।

‘बिहान १०:०७ बजे सम्पर्कमा आएपछि हराएको तारा एयरको जहाज मुस्ताङको लेते अगाडि लार्जुङको बाँयापट्टको डाँडाको खोचमा १०:०८ बजे नै दुर्घटना भएको पुष्टी भइसकेको छ,’ नेपाल वायु सेवा सञ्चालकका प्रवक्ता कँडेलले भने, ‘लेते र घाँसाको स्थानियहरुले १०:०८ मिनेटमै लार्जुङको डाँडाबाट ठुलो आवाज आएको बताएको आधारमा हेलिकप्टरबाट माथिबाट हेर्दा खोचमा क्षतविक्षद भएर दुर्घटना भएको देखिन्छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

दुर्घटनाग्रस्त जहाज र यात्रुको बारेमा थप जानकारी लिनको लागि प्रतिकुल मौशमका कारण हेलिकप्टरहरु ल्याण्ड गर्न नसकेको हुँदा उद्धार समेत गर्न नसकिएको उनले बताए ।

‘बाक्लो कुहिरो र हल्का पानी परिरहेको हुँदा हेलिकप्टरहरु ल्याण्ड गर्न सकिरहेको छैनन्, सेनाको र निजी दुवै हेलिकप्टरहरुले ३/४ पटक प्रयास गर्दा पनि दुर्घटना स्थलमा ल्याण्ड गर्न सकिरहेको छैन्,’ उनले भने, ‘त्यो ठाँउमा पैदल पुग्नको लागि ४५ मिनेट बढी लाग्ने रहेछ, तर बाटो अप्ठ्यारो भएको हुँदा उद्धार टोली तयो ठाँउमा कुन बेला पुग्छन् एकिन छैन ।’

प्रतिकुल मौसमको कारण यात्रु तथा चालक दलका सदस्यहरुको अवस्था कस्तो छ भनेर एकिन गर्न समस्या भएको उनले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्