Shikhar Insurance

नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका सीईओद्वयलाई हटाउने सरकारको तयारी

सिंहदरबार संवाददाता
२०७९ असार ३, शुक्रबार १६:३६
NIMB
Nabil Bank

काठमाडौं । सरकारले नेपाल बैंक र राष्ट्रिय बाणिज्य बैंकको सीईओहरुलाई हटाउने तयारी गरेको छ । कमजोर कार्य सम्पादन र राजनीतिक प्रतिशोधका आधारमा काम गरेको भन्दै सरकारले दुवै सरकारी बैंकका सिईओहरुलाई हटाउने तयारी गरेको हो ।

नेपाल बैंकमा ५१ प्रतिशत सरकारी स्वामित्व छ भने राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी बैंक हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल बैंकमा कृष्ण बहादुर अधिकारी सिईओ छन् भने राष्ट्रिय बाणिज्य बैंकमा किरण कुमार श्रेष्ठ सिईओ रहेका छन् । अधिकारी र श्रेष्ठ दुवैलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले सिईओ नियुक्त गरेको हो । अधिकारीले पहिलो कार्यकाल सिईओ चलाईरहेका छन् भने श्रेष्ठले पहिलो कार्यकाल पुरा गरेपछि दोश्रो कार्यकाल सिधै सिईओ नियुक्त भएका हुन् ।

अधिकारी २०७६ असोजमा नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । श्रेष्ठलाई सोही वर्षको चैत २९ देखि लागु हुने गरी राष्ट्रिय वाणिज्यको सीईओमा निरन्तरता दिइएको थियो ।

दुवै सिईओहरुको कार्य सम्पादन सम्झौता अनुसार काम नभएको भन्दै त्यसको मूल्यांकन प्रक्रिया अघि बढाईएको छ । अधिकारी र श्रेष्ठले राजनीतिक आस्थाका आधारमा कर्मचारीहरुमाथि विभेद गरेको भन्दै दुवै बैंकका एकथरी कर्मचारीहरुले अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म गुनासो गरिरहेको श्रोत बताउँछ ।

सरुवा, बढुवादेखि महत्वपूर्ण ठाउँमा जिम्मेवारी दिँदा एमाले निकटका कर्मचारीलाई मात्रै प्रश्रय दिने गरेको आरोप छ । त्यति मात्रै नभएर उनीहरुले ऋण लगाानी गर्दा समेत राजनीतिक आस्था हेर्ने गरेको आरोप छ । ‘बजारमा तरलताको अभाव हुन थालेपछि लगानी भएका अधिकांश ऋणहरुमा राजनीतिक आस्था देखिन्छ, एमाले निकटका व्यवसायीहरुको फाइल स्वीकृत भएका छन्, अरुको रोकिएको छन्,’ श्रोतले सिंहदरबारसँग भन्यो ।

दुवै सिईओहरुले संस्थागत सामाजिक उत्तरदायित्वको रकम समेत जथाभावी खर्च गरेको आरोप लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्