Shikhar Insurance

ब्याज फिर्ता दिँदै स्वरोजगार कोषका सीइओले भने : कर्जा र अनुदान सीमा थप गर्न अर्थ मन्त्रालय चाहँदैन

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २०, शुक्रबार १४:०९
NIMB
Nabil Bank

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले देशका सहकारीमार्फत् सहुलियतदरमा युवालाई कर्जा दिँदै आएको छ । अधिकतम २ लाख रुपैयाँसम्म ८ प्रतिशत ब्याजदरमा कोषले ४२ महिनासम्मको लागि कर्जा प्रवाह गर्ने गरेको छ ।

यस्तो कर्जाको साँवा ब्याज नियमित भुक्तानी गर्ने ग्राहकलाई कोषले ६० प्रतिशत ब्याज अनुदान दिने गरेको छ । अर्थात् तोकिएकै समयमा नियमत रुपमा साँवा ब्याज भुक्तानी गर्दा ऋणीलाई कोषले कुल ब्याजको ६० प्रतिशत फिर्ता दिइरहेको छ । तर, उद्यमी ऋणीहरुले भने कोषमार्फत् पाउने सहुलियत कर्जा र ब्याज अनुदान तगायतका सुविधा बढाउन कोषलाई आग्रह गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसरी, युवा उद्यमी ऋणी ग्राहकहरुको गुनासो सुनुवाइ आगामी आर्थिक वर्षदेखि नै बजेटमार्फत गर्न अर्थमन्त्रालय प्रस्ताव लैजादाँ प्रस्ताव अस्वीकार  भएकाे कोषका कार्यकारी अधिकृत (सीइओ) विश्व मोहन अधिकारी बताउँछन् ।

‘कोष युवालाई दिने कर्जा र ब्याज अनुदान जस्ता सुविधा बढाउने पक्षमै छ । त्यसको लागि आवश्यक बजेट विनियोजन अर्थ मन्त्रालय प्रस्ताव गरेको थिए, मन्त्रालयबाट ठाडै अस्वीकार भयो,’ कोषका सीइओले ललितपूरमा नारी जागृति बहुउदेश्य सहकारी संस्थाद्वारा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा भने, ‘कर्जाको सीमालाई ५ लाख रुपैयाँसम्म र ६० प्रतिशत ब्याज अनुदान समेत बढाउन बजेटमा समेट्न प्रस्ताव गरेको थिए तर मन्त्रालयले यो वर्ष चुनावी वर्ष भएको कारणले खर्च बढाउने कुनै पनि प्रस्ताव नल्याउन भन्याे ।’

कोषले युवा उद्यमीहरुलाई दिइरहेको सुविधा बढाउन चाहेपनि अर्थमन्त्रीले बजेटमा आफ्नो प्रस्ताव नसमेटेकै कारण आगामी आवमा पनिसो असम्भव भएको उनको गुनासो थियो । कर्जा तथा अनुदानको सुविधा बढाउन तत्काललै कोष असक्षम भएपनि युवालाई २०० बढी निशुल्क सीटीइभीटीको तालिम दिएर कोषले आगामी आवमा १२ हजार जनालाई स्वरोजगार बनाउने प्रतिवद्धता गरेका छन् ।

हालसम्म कोषले २३ सय बैंक तथा वित्तीय संस्था र सहकारीमार्फत् ८४ हजार बढी युवा उद्यमीमा सहुलियत ब्याजदरमा ११ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस्तो कर्जा कोषले ४ प्रतिशतमा कर्जा बैंक तथा वित्तीयलाई प्रवाह गर्छ भने वित्तीय संस्थाहरुले ८ प्रतिशतमा ऋणीलाई प्रवाह गर्ने कोषका अनुसन्धान तथा कार्यक्रम प्रवद्र्धन शाखाका प्रमुख नारायणदत्त देवकोटाले जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाले अधिकतम ५ करोड रुपैयाँ र सहकारीले २० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म ४ प्रतिशत ब्याजदरमा ४ प्रतिशत ब्याजदरका कोषबाट कर्जा लिइरहेका छन् । देवकोटाका अनुसार कोषबाट लिएको कर्जामा बैंक तथा वित्तीय संस्थाले ६ प्रतिशतसम्मको स्प्रेड राखेर ऋणीलाई दिन पाउँछन् । तर हाल कोषमार्फत् पाएको स्रोत बैंक तथा वित्तीय संस्था र सहकारीहरुले ८ प्रतिशत ब्याजदरमै प्रवाह गरेको उनले बताए ।

यसरी पाउने कर्जाको साँवा ब्याज नियमित रुपमा भुक्तानी गर्ने ऋणीलाई हालसम्म कोषले १२ करोड रुपैयाँ ब्याज अनुदान वापत फिर्ता दिइसकेको छ । जसमध्ये १ करोड ५७ लाख ९६ हजार रुपैयाँ ब्याज अनुदान वापतको ६० प्रतिशत फिर्ता दिएको हो । कोषले दिएको २ लाख रुपैयाँसम्मको कर्जाले व्यवसायी तथा उद्यमी बन्न युवालाई अपुग भएको ललितपुर खरिबोटकी अनुजा कोइरलाले बताइन ।

उनले २०७३ सालमा सोही स्थानको नारी जागृति सहकारीमार्फत् कोषले दिने सहुलियत कर्जा लिएकी थिइन् । जसको ६ प्रतिशत ब्याज अनुदान फिर्ता लिँदै कोषले कम्तीमा ५ लाख रुपैयाँसम्म र एक उद्यमी ऋणीले २ पटकसम्म सहुलियत कर्जा लिन पाउने व्यवस्था गर्नु पर्ने बताएकी थिइन् ।

यस्तै, नारी जागृति सहकारीकी अध्यक्ष धना खतिवडाले बेरोजगार युवाहरुलाई उद्यमी बनाउन सहकारीलाई कोषले बढी जिम्मेवार बनाएको बताइन । उनले कोषमार्फत् पाइने २ लाख रुपैयाँ सहुलियत कर्जाले पूर्णरुमा आर्थिक सहयोग नभएपनि ठुला व्यवसाय तथा उद्यम गरी स्वरोजगार बन्न हौसला/हिम्मत बढ्ने बताइने ।

नारी जागृति सहकारीले कोषबाट ५० लाख रुपैयाँ कर्जा लिएर ३५ जना युवा उद्यमीहरुमा ८ प्रतिशत ब्याजदरमा प्रवाह गरेको थियो । जसको ६० प्रतिशत ब्याजमा अनुदान हुँदा सहकारीका ३५ जना ऋणीले कुल ५ लाख रुपैयाँ ब्याजवापतको पैसा फिर्ता पाएका थिए ।

२०६८ सालमा कुल ७० हजार रुपैयाँ बीउपुँजी लिएर स्थापना भएको उक्ता सहकारी हाल १ करोड रुपैयाँ चुक्तापुँजी र ४ करोड रुपैयाँ कारोबार गर्ने संस्था बन्न सफल भएको छ । नारी जागृतिलाई कोषले पहिलो चरणमा ५० लाख रुपैयाँ सहुलियत कर्जा उपलब्ध गराएको थियो भने दोस्रो चरणको लागि १ करोड रुपैयाँ कर्जा स्वीकृत गरिसकेको छ ।

हाल कोषले कृषि तथा पशुपालन, घरेलु उद्योग तथा साना उद्योग, रिक्सा, अटोरिक्सा, ठेलागाढा व्यवसाय, दूधजन्य व्यवसाय, पलम्बिङ, इलेक्ट्रिसियन, साना तथा घरेलु व्यवसाय गरेका वा गर्न चाहने युवालाई बैंक तथा वित्तीय संस्था र सहकारीमार्फत् बिना धितो सहुलियतदरमा कर्जा प्रवाह गरिहेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्