Shikhar Insurance

हाइफ्युचरद्वारा रक्तदान शिविर आयोजना, सुनिता डंगोलले यसो भनिन्

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २२, आईतवार १८:१७
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा विभिन्न ब्राण्डका उच्चस्तरिय ग्याजेट तथा डिभाइसहरु आयात तथा बितरण गर्दै आएको चर्चित कम्पनी हाइफ्युचर नेपाल (टेकस्टुडियो) ले रक्तदान शिविर आयोजना गरेको छ । कम्पनीले गंगादेवी चुचोल टोल सुन्दर समिति र रेडक्रस सोसाइटीको सहकार्यमा शिविर आयोजना गरेको हो ।

शिविरको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले रक्तदानमा सहभागी स्वयंसेवकहरुलाई उत्प्रेरित गरेकी थिईन्। डंगोलले गरिबीको रेखामुनि रहेका देशका विशाल जनसङ्ख्याको पृष्ठभूमिमा यस्ता शिविरको थप आवश्यकतामा जोड दिइन् ।

Citizen Life
Kumar Bank
Nepal Life

हाइफ्युचर र उनका सहयोगीहरूले सामाजिक काममा नम्रतापूर्वक काम गरिरहेकोमा सन्तुष्टि व्यक्त गरिन् । कार्यक्रममा उनले रक्तदाताहरुलाई प्रमाणपत्र समेत बितरण गरिन्। सो अवसरमा रक्तदाताहरुको सहभागिता उत्साहजनक थियो।

उनले उक्त अवसरमा उपस्थित रेडक्रसका चिकित्सक र कर्मचारी तथा इलेक्ट्रोनिक तथा प्रिन्ट मिडियाका कर्मचारीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरिन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्