Shikhar Insurance

एक महिनामा ८७ अर्ब बढी रेमिट्यान्स भित्रियो, चैतको भन्दा साढे ८ अर्ब कम

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २७, शुक्रबार १५:५७
NIMB
Nabil Bank

काठमाडौं । विदेशमा काम गर्ने नेपालीले एक महिनामै ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स पठाएका छन् । वैशाखमा ८७ अर्ब ५ करोडले बढेर चालु आवको कुल विप्रेषण (रेमिट्यान्स) ८ खर्ब ११ अर्ब ७९ करोड रूपैयाँ कायम भएको हो ।

मासिक रेमिट्यान्स चैतको भन्दा निकै कम हो । चैतमा ९३ अर्ब ५५ करोड रूपैयाँ रेमिट्यान्स प्राप्त भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

चैत महिनासम्म मुलुकमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

बैशाख मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २,७८,२९८ पुगेको छ । यस्तो संख्या २,५६,०३१ जना रहेको थियो ।

यस्तै, अघिल्लो आवको १० महिनामा मुलुक भित्रिएको विप्रेषणको तुलनामा चालु आवको सोही अवधिमा ०.२ प्रतिशतले वृद्धि भएको हो । यद्दपि अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्