Shikhar Insurance

उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री, अंग्रेजी भाषाको बिशेष ज्ञान

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २८, शनिबार १७:२१
NIMB
Nabil Bank

सोल । उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेश मन्त्रीमा नियुक्त गरिएको छ । अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेश मन्त्री बन्ने मौका पाएकी हुन् । यसअघि उपविदेश मन्त्रीको रुपमा पनि सेवा गरेकी हुइले अहिले रि सोन ग्वोनलाई विस्थापित गरेकी हुन् ।

कूटनीतिक सेवावाट आएकी हुइले दुई देशीय वार्ताका क्रममा पनि विगतमा महत्वपूर्ण योगदान गरेकी थिइन । उनलाई अङ्ग्रेजी भाषाको पनि राम्रो ज्ञान छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्ष नेताहरूको शिखर बैठकमा पनि उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन । उनले भने, “मलाई लाग्छ, हाम्रो प्रस्तावलाई अस्वीकार गरेर अमेरिकाले सुनौलो अवसर गुमाएको छ ।”

अन्य देशहरूसँगको विविध वार्ता तथा छलफलहरूमा पनि सहभागी भएको र विदेशी कतिपय कूटनीतिज्ञहरूसँग पनि आफ्नै विशेष सम्बन्ध भएकाले विदेश मन्त्रालयको जिम्मेबारी उनले प्रभावकारी रुपमा निर्वाह गर्न सक्ने अपेक्षा गरिएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्