Shikhar Insurance

पाकिस्तानले ल्यायो ९० खर्ब ५० अर्बको बजेट, आर्थिक संकटबाट उम्किने लक्ष्य

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २८, शनिबार १७:३५
NIMB
Nabil Bank

काठमाडौं । देशको दिगो एवम् समावेशी आर्थिक विकासका योजनालाई केन्द्रमा राखेर पाकिस्तानले आगामी वर्षका निम्ति ९० खर्ब ५० अर्बको बजेट सार्वजनिक गरेको छ ।

वित्तीय चुनौती बढेको वर्तमान अवस्थामा सन्तुलित एवम् जनता केन्द्रित बजेट ल्याइएको अधिकारीहरूले बताएका छन् । शुक्रबार सङ्घीय अर्थमन्त्री मिफता इस्माइलले संसद्को तल्लो सदनमा बजेट प्रस्तुत गर्दै त्यसले देशको दिगो आर्थिक विकासलाई केन्द्रमा राखेको र आगामी वर्ष पाँच प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

कुल नौ खर्ब ५० अर्बको बजेजमध्ये कर्जा प्रवाहका लागि तीन अर्ब ९५ करोड कर्जा प्रवाह र रू आठ खर्ब सार्वजनिक क्षेत्र विकास कार्यक्रमका निम्ति विनियोजन गरिएको जानकारी दिँदै अर्थमन्त्री इस्माइलले रक्षा खर्चका लागि १.५२३ खर्ब छुट्याइएको बताए ।

बजेटमा गरिब जनताको हितमा लक्षित अनुदानका लागि छ खर्ब ९९ अर्ब र विपन्न वर्गको उत्थानका लागि सञ्चालन गरिने अन्य कार्यक्रमका निम्ति एक अर्ब ४२ करोड अनुदान प्रस्ताव गरिएको छ । त्यसैगरी बजेटमा सङ्घीय राजस्व रू सात खर्ब र गैर राजस्व दुई खर्ब हुने अनुमान गरिएको छ ।

बजेटलाई सन्तुलित, प्रगतिशील एवम् जनहितकारीको संज्ञा दिँदै प्रधानमन्त्री सहेबाज सरिफले आर्थिक जोखिमका प्रभाव घटाउन र जनताका समस्या कम गर्न आफ्नो सरकारले कठोर निर्णय लिँदै चुनौतीहरूबाट बाहिर निस्कने बताएका छन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्