Shikhar Insurance

पाकिस्तानमा बार्षिक १२ लाख कमाउनेलाई एक सय रुपैयाँ कर

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २८, शनिबार १७:५१
NIMB
Nabil Bank

काठमाडौं । पाकिस्तान सरकारले मासिक एक लाख(बार्षिक १२ लाख) कमाउने नागरिकलाई एक सय रुपैयाँ मात्रै कर लगाउने निर्णय गरेको छ । पाकिस्तानका वित्त मन्त्री मिफ्ता ईस्माइलले नयाँ बजेट मार्फत मासिक एक लाख कमाउने नागरिकलाई एक सय रुपैयाँ मात्रै कर लगाउने व्यवस्था गरेका हुन् ।

अब पाकिस्तानमा बार्षिक १२ लाख रुपैयाँ कमाउने व्यक्तिले जम्मा एक सय कर तिरे हुन्छ । पाकिस्तानले मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने नागरिकलाई शुन्य करको नीति लिएको छ । अर्थात बार्षिक ६ लाख कमाउनेहरुले एक रुपैयाँ पनि कर तिर्नु पर्दैन् ।
पाकिस्तानमा बार्षिक ६ लाख रुपैयाँ कमाउनेले एक रुपैयाँ पनि कर तिर्नु पर्दैन भने ६ देखि १२ लाख कमाउनेहरुले एक सय रुपैयाँँ तिरे पुग्छ । १२ लाखदेखि २४ लाख रुपैयाँसम्म कमाउनेहरुले ७ प्रतिशत आयरक तिर्नुपर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

२४ लाख देखि ३६ लाख कमाउनेहरुले भने ८४ हजार निश्चित र २४ लाख भन्दा बढी रकममा १२.५ प्रतिशत आयकर तिर्नुपर्छ । बार्षिक ३६ लाख देखि ६० लाख कमाउनेहरुले भने ३६ लाख रुपैयाँसम्मको २ लाख ३४ हजार र ३६ लाख माथिको रकममा १७.५ प्रतिशत आयकर तिर्नुपर्छ ।

६० लाख देखि एक करोड २० लाख रुपैयाँसम्म कमाउनेहरुले भने ६० लाख रुपैयाँसम्म एकमुष्ठ ६ लाख ५४ हजार र ६० लाख भन्दा माथिको आम्दानीमा २२.५ प्रतिशत आयकर तिर्नुपर्छ ।

एक करोड २० लाख भन्दा बढी आय गर्नेहरुले भने एकमुष्ठ २० लाख ४ हजार र एक करोड २० लाख भन्दा बढी आम्दानीमा ३२.५ प्रतिशत आयकर तिर्नुपर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्