‘अब आएर ४/१२ हटाउनु हुन्न, हटे लाखौं लगानीकर्ता दुर्घटनामा पर्छन्’

काठमाडौं । पछिल्लो समय अधिकांश लगानीकर्ता सेयर धितो कर्जाको ४/१२ करोड रुपैयाँको सीमा खारेजीको मागमा छन् । तर, लगानीकर्ता समूहबीचबाटै सो नीति हट्दा लाखौं लगानीकर्ता दुर्घटनामा पर्ने भन्र्दै कायमै राख्न आन्दोलन समेतको घोषणा भएको छ । स्वतन्त्र पूंजी बजार सुधार संघले एक विज्ञप्ति निकाल्दै अहिले ४/१२ करोड रुपैयाँको सीमालाई सेयर बजारमा आम लगानीकर्ताले पचाइसकेको भन्दै ठुला लगानीकर्ताले आफ्नो प्यक्तिगत फाइदाको लागि सो नीति खारेजीको माग राखेको उल्लेख गरेका छन् । जारी विज्ञाप्तीमा भनिएको छ, ‘अब बजार बाट ४/१२ प्रभाव पुर्ण रुपमा समाप्त हुन लाग्दा केहि निहित समूहले त्यही बिषयलाई लिएर नाराबाँजी गरि समग्र लगानिकर्ताको लगानी माथी प्रत्यक्ष र परोक्ष खेलवाड गर्न खोजिरहेको बिषय प्रती हाम्रो संगठनको ध्यानाकर्षण भएको छ । ठुला लगानीकर्ताहरुले लिएको ४/१२ करोड भन्दा बढी ऋणको सेयर बिक्री चापले समग्र लगानी कर्ताको लगानीमा नकारात्मक प्रभाव परिसकेको र अब उक्त नितिले बजार घटाईमा कुनै पनि किशिमको फरक नपर्ने र अब बजार आफ्नो गतिमा बिस्तारै सुधार हुँदै जाने कुरालाई आधार मान्दै फेरि ४/१२ को लडाई र उक्त बुदाँ खारेजीको माग गर्नु भनेको फेरि पनि बजारलाई अप्राकृतिक रुपमा चलाउनु सरह नै जस्तै हो र अबको दिनमा लाखौं लगानीकर्ताहरु ४/१२ हट्दा फेरि उहीँ दुर्घटनामा पर्न सक्ने भएको हुँदा अब देखि कसैले घटाएको दुर्घटनामा जानी जानी नपर्न हुन र आफ्नो निहित स्वार्थ प्राप्तीको … Continue reading ‘अब आएर ४/१२ हटाउनु हुन्न, हटे लाखौं लगानीकर्ता दुर्घटनामा पर्छन्’