मलाई ‘झोले’ भन्ने प्यारो भाइ, तिमी ‘सुड्केसे’ बन्नु (सेयर साहित्य)

राजन लम्साल
२०७९ जेष्ठ २९, आईतवार १५:०२

अस्तिसम्म नामोनिशान थिएन उसको ।
जो मेरो पछिपछि र्‍याल चुहाउँदै हिँड्दथ्यो।
दाइ, हजुरलाई कुनै गारो हुन्न भने झोला बोकिदिन्छु भन्थ्यो ।
धेरै समय ऊ मेरो छायाँ पछ्याउँदै झोला बोकी लुरुलुरु पछ्याई रह्यो ।
यो यात्रामा उसले झोलाभित्र हेर्‍यो ।
लगानी के हो ? जोखिम के हो ? नाफा के हो ? सबै देख्यो ।
मैले स्यावास् अरु हेर्दै जाउ भनेँ ।
उसले रिसले भन्यो भन्ठानेँ छ ।
हुत्त किनारमा उभिएर मलाई झोले पो भनेछ ।
मलाई झोले भनेकोमा त्यति दुःख छैन जति उसले जोखिम बुझेकोमा सुख छ ।
दुखः त उसले अझै राम्ररी झोला नहेरेकोमा छ ।
प्यारो भाइ,
मेरो झोलामा बुल, बियर र रिसेसन छ ।
लोभ र डर, आश र त्रास छ ।
रातो र हरियो रंगीन बजार छ ।
गतिशील अर्थतन्त्र अनि उज्जवल भविष्य छ ।
लाखौं मानिसको सपना छ, त्यसैले त मेरो झोलामा सिंगो बजार छ ।
भाइ तिमी मलाई जति जोर जोरले झोले भन्छौ
तिमी त्यति जोर जोरले सुड्केसे बने !
तिमीलाई धेरैधेरै शुभकामना छ ।

(लम्साल नेपाल इन्भेस्टर्स फोरमका प्रथम उपाध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहोस्