Shikhar Insurance

राधा, रोहन, हरी र तिलकलाई सांसद बनाउन आन्दोलन गरियो, हामी तिनका भर्याङ हुँदैनौं

 दिपेन्द्र अग्रवाल
२०७९ जेष्ठ २९, आईतवार १९:५०
NIMB
Nabil Bank

अहिले विभिन्न लगानीकर्ता समुहहरु १९ बुँदे माग राखेर आन्दोलनरत छन् । उनीहरुले अघि सारेका माग र आन्दोलनको समय सान्दर्भिक भएनन् । त्यही माग राखेर स्वतन्त्र पुँजी बजार सुधार संघले गत भदौमै नियामक निकाय विरुद्ध आन्दोलन गरेको थियो । त्यो आन्दोलनमा अहिले आन्दोलनरत कुनै पनि लगानीकर्ता संघले साथ दिएनन् ।

राष्ट्र बैंकले यही असार मसान्तसम्म सीमाभन्दा बढी सेयर कर्जा लिनेलाई सीमाभित्र ल्याउन निर्देशन दिइसकेको छ । सीमाभन्दा बढी सेयरधितो कर्जा लिने ठुला लगानीकर्ताहरुले यही चापमा आएर सेयर बिक्री गर्दा २८ सयको बिन्दूमा भएको नेप्से अहिले २ हजारमा झरिसकेको छ । अहिले असार मसान्तभित्र ४/१२ को सीमामा कर्जा ल्याउन नसक्ने ठुला लगानीकर्ताहरुले आफ्नै व्यक्तिगत स्वार्थका लागि आन्दोलन शुरु गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले भइरहेको आन्दोलन विषेश गरी ठुला लगानीकर्ताले व्यक्तिगत स्वार्थ र राजनीतिक फाइदाको लागि शुरु गरेका हुन् । चालु आर्थिक वर्षको चौथो त्रैमासको अन्त्य आउन लागेको छ । ४/१२ को सीमा ल्याउन नसक्ने ठुला लगानीकर्ताहरु अहिले आएर ४/१२ हटाउँदा तिर्नु पर्दैन भनेर आन्दोलन गर्न उक्साएका हुन् ।

अर्काे, अहिले प्रतिनिधिसभा निर्वाचन आउन लागेको छ । त्यो चुनावमा स्वतन्त्र उठेर जित्छु भन्ने सेयर लगानीकर्ताहरुको आन्दोलन हो । अहिले आगामी चुनावमा उठ्छु भनेर केही लगानीकर्ताहरुले घोषणा नै गरिसकेका छन् । जसमा राधा पोखेरेल, रोहन कार्की, हरी ढकाल र तिलक कोइराला हुन् । उनीहरुलाई सेयर बजार र लगानीकर्ताको समस्यामा कुनै पनि मतलब छैन् ।

उनीहरुले सेयर बजार र लगानीकर्ताको समस्या समाधान गर्छु भन्दै चर्चा बटुलेर संसद पुग्ने सपना देखेका छन् । अध्ययन क्षमता, अनुभव र शैक्षिक योग्यता नभएका यी ठुला लगानीकर्ताले हामी जस्ता साना लगानीकर्ताको नाम लिएर हाम्रै गाईजात्रा गरिरहेका छन् ।

यदी ४/१२ करोडको नीति विरुद्ध आन्दोलन नै गर्नु थियो भने ९ महिना अघि हामीले गरेको आन्दोलनमा किन नआएको ? २८ सयको बिन्दुमा नेप्से हुँदा बजार र लगानीकर्ताको वास्ता नगर्ने तर अहिले त्यही नीतिका कारण नेप्से घटेर २ हजारमा झरेपछि त्यही माग लिएर किन आन्दोलनमा आएका हुन्, त्यो सबैले बुझन् जरुरी छ ।

हामीले नेप्से २८ सय हँदा ४/१२ नीतिले बजार घटाउँछ भनेर आन्दोलन गर्दा यी झोले संगठनहरु कहाँ थिए ? हामीले उनीहरुलाई आउनु समर्थन गर्नुस् भोली अप्ठ्यारो पर्न सक्छ भनेर बोलाएका थियौं । हामीले यही नीतिको कारण भोली बजार २ हजारमा झर्छ भनेर स्वतन्त्र पुँजी बजार सुधार संघले हरेकलाई आग्रह गरेकै हो । तर उनीहरुले बजार घटे के भयो र ? सस्तोमा सेयर पाउँछ अनि झ्याप्पै पारौंला भनेर बसेकै हुन् । त्यो बेला उनीहरुलाई ४/१२ केही असर पारेको थिएन । तर, अहिले यिनीहरुलाई लोभले लाभ, लाभले विलाप भइरहेको छ ।

सेयर कर्जाको ४/१२ नीतिले जति बजार घट्नु थियो घटिसक्यो । अब त्यो नीतिको कारणले बटम लाइनमा पुगेको नेप्से घट्दैन । नेप्से २०/५० बिन्दु बाहेक अब घट्दैन । बजार बटम लाइनमा आइसकेपछि हामीले उनीहरुलाई कि सपोर्ट गर्ने ?
राष्ट्र बैंकले लिएको ४/१२ करोडको नीतिकै कारण हो, अहिले नेप्से २ हजारको बिन्दुमा झरेको तर, त्यो नीतिको कारणले जति जात्रा हुनु थियो भइसक्यो । अब एक महिनामा त्यो गाइजात्रा सकिन्छ । सेयर धितोमा कर्जा लिने सबै लगानीकर्ताको ४/१२ को सीमामै कर्जा हुुन्छ । ल्याउन नसक्नेले पनि सेयर बेचेरै ल्याउनु पर्ने हुन्छ ।

राष्ट्र बैंक अहिले सरकारको दवाबमा आएर केही समयको लागि ४/१२ करोडको नीतिबाट ब्याक भएपनि केही समय पछि वा त्यसको विकल्पमा सेयर कर्जा कन्ट्रोल मेकानिजम जसरी भएपनि ल्याउँछ । अनि लगानीकर्ता फेरी यही गाइजात्रा सुरु गर्ने ? अहिले जति लगानीकर्ता वर्वाद भए, भइसके । फेरी यही आन्दोलनका कारण ४/१२ नीति हट्यो वा केही समयलाई पछि सरियो भने लगानीकर्ता पुनः बर्बाद हुन्छन् ।

हामीले त त्यही बेला नै भनेका थियो कि यो ४/१२ नीति भनेको सेयर बजारको लागि ‘स्लो पोइजन’ हो भनेर । त्यो बेलामा यो झोले संगठनहरु कहाँ थिए ? हाम्रो कुरा भने अहिले आएर ४/१२ को विषयमा धेरै बहस नगरौं । जे भयो, जति असर पुग्नु पर्ने पुगिसक्यो अब केही हुँदैन । यस बाहेकका अन्य बुँदामा हामी समर्थन गर्न तयार छौं ।

यदी यो आन्दोलन १ महिना पछि भएको भए हामी समर्थन गर्थ्यौं । अहिले यी आन्दोलन गर्ने लगानीकर्तालाई सेयर धितोमा लिएको कर्जाको ब्याज तिर्ने पैसा छैन, मार्जिन कल भइरहेको छ भने तोकिएको सीमा कर्जाको परिमाण घटाउनु पर्ने दबावमा छन् ।

यी नै लगानीकर्ताले बैंकलाई फोन गर्दै ब्याज तिर्न सक्दिन मेरो ब्याजलाई साँवामा हाल्दिनु नभए तलाई सडकबाट देखाउछु भन्दै धम्की दिइरहेका छन् । हामी बैंकलाई ब्याज नतिर भनेर हामी कसरी समर्थन गर्छौं ? कर्जा लिएपछि ब्याज त जसरी भएपनि तिर्नु पर्यो नि । सेयर लगानीकर्ता भयो भन्दैमा बैंकको साँवा ब्याज नतिर्ने भन्ने त हुँदैन ।

अहिले मुख्य गरी ४/१२ को नीतिले फरक पार्ने ३/४ जना ठुला हुँ भन्ने लगानीकर्ता छन् । तिनै लगानीकर्तालाई बचाउनलाई अहिले सबै संगठनहरु आनदोलनमा आइरहेका हुन् ।

यदि सरकारकै दबावमा राष्ट्र बैंक आहिले ब्याक हुनु पर्यो भने त उनीहरुलाई फाइदै फाइदा हुन्छ । तर, राष्ट्र बैंकले त फेरी यो नीति लिन्छ नै । फेरी पहिलेकै दुःखमा लगानीकर्तालाई दिने यी आन्दोलनकारी सेयर लगानीकर्ता संगठनको हो ।

‘अब आएर ४/१२ हटाउनु हुन्न, हटे लाखौं लगानीकर्ता दुर्घटनामा पर्छन्’

हामीले त यो ४/१२ नीतिको कारण जति दुःख पाउनु थियो, पाइसक्र्यौ । अब यी ठुला भनिएका लगानीकर्ताले त्यो नीति अहिले दुःख पाउन थालेपछि आन्दोनमा उत्रिएका हुन् । अन्य माग सरकार सामु राख्नको लागि अहिले नै किन एक महिना पछि पनि त गर्न सकिन्छ नि । राष्ट्र बैंकले नयाँ मौद्रिक नीति निर्माण गरिरहेको समयमा सरकारको पक्षबाट दवाब सिर्जना गर्नका लागि ४/१२ खारेजीलाई १८ नम्बरमा राखेर हतियार यसैको बनाइ रहेका छन् ।

यो नीतिको कारण सेयर बजारमा आगो लागेर खरानी भइसक्यो, अब दमकल बोलाएर खरानीमाथि पानी खन्याएर केही होला त ? बजारमाा आगो लागेकै बेलामा हामी पानी खन्याउन आउन भनेका थियौं । त्यो बेला कानमा तेल हालेर बस्ने लगानीकर्ता संगठनका प्रतिनिधि भन्नेहरु अहिले चुनावमा उठ्ने घोषणा गर्दै सेयर बजारको समस्यालाई राजनीतिक खेल बनाउन खोज्दैछन् । स्वतन्त्र पुँजी बजार सुधार संघका हरी ढकाल, राधा पोखरेल, रोहन कार्की र तिलक कोइरालालाई सांसद बनाउनको लागि हामी भ¥याङ बन्न तयार छैनौं । उनीहरुको राजनीतिक आंकक्षालाई मुर्त रुप दिन हामी कदापी तयार हुँदैनौं ।

‘लगानीकर्तालाई कार्यकर्ता’ बनाउने काम बन्द गर । हाम्रो माग यत्ति हो । यदि उनीहरुले हामीलाई २ वटा कुरामा प्रतिवद्धता गर्छन् भने हामी उनीहरुको आन्दोलनमा साथ दिन तयार छौं ।

पहिलो भनेको गरिएका १९ वटै माग पुरा नभएसम्म हामी सडक आन्दोलन छोड्दैनौं भनेर प्रतिवद्धता दिनु पर्यो । विगतमा २/४ वटा आनदोलनमासँगै थिए । हामी सोझा लगानीकर्ता दिनरात गरेर आन्दोनको तयारी गर्ने । टाउकेहरुले सरकारसँग २/३ वटा कुरामा सहमति गरेर भयो भनेर फिर्ता लाने गरेका छन् । यस्तो प्रवृति हामी आजित भएर नै छुट्टै संघ स्थापना गरी आफ्नो लागि आफै आवाज उठाउन थालेका हौं । त्यसैले यस पटक सबै माग पुरा नभएसम्म हामी उठ्दैनौं भन्न सक्नु पर्यो ।

दोस्रो भनेको आम लगानीकर्ताको १९ वटामै हो र ? अरु पनि धेरै मागहरु छुटेका छन् । हामीसँग कुन माग छुट्यो सोधेर त्यो राख्ने हो भने हामी साथ दिन तयार छौं तर, ती माग यही आन्दोलनबाटै पुरा हुन पर्छ ।

तर, अहिले यी लगानीकर्ताले टन्नै सेयर किनेर बजार बढाउनको लागि ४/१२ हटाउने भन्दै आन्दोलनमा उत्रिएका हुन् । ४/१२ हट्ने बित्तिकै बजार बढ्छ । त्यसको फाइदा लिँदै यी झोले लगानीकर्ता उठ्छन् । हामीले उनीहरुलाई साथ दिन्छौं भने उनीहरुले सम्पुर्ण माग पुरा नभएसम्म हामी उठ्दैनौं भनेर प्रतिबद्धता गर्नु पर्यो हामी साथ दिन तयार छौं । (सेयर बजारका लगानीकर्ता अग्रवालसँग सिंहदबारकर्मी दिलु कार्कीले गरेको कुराकानीमा आधारित)

GBIME

प्रतिक्रिया दिनुहोस्