Shikhar Insurance

‘अनसन बस्दा पनि लगानीकर्ताको माग पुरा नगरे मन्त्री वा पदमा बस्नेकै कुर्सी जलाउँछौं’

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३१, मंगलवार १७:३१
NIMB
Nabil Bank

काठमाडौं । सेयर लगानीकर्ताको माग सरकार र सम्बन्धित निकायले समयमै पुरा नगरे हिसांमा उत्रिने चेतावनी तिलक कोइरालाले दिएका छन् । पुँजी बजार सुधारको लागि भन्दै १९ बुँदे माग लिएर कोइराला असार १ गतेदेखि अनसन बस्दैछन् ।

सोही माग पुरा गर्न सरकार र सम्बन्धित निकायले समय रहँदा नै कदम नचाले मन्त्री र पदमा बस्ने कुर्सी जलाएर उनीहरुलाई नै सडकमा ल्याएर जनताले कारवाही गर्ने उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘हाम्रो संर्घष पुँजी बजार विकासको लागि हो, संसारका धेरै ठाँउमा लगानीकर्ताले पुँजी बजारका लागि आवाज उठाउँदै लगानीकर्ताहरुले मन्त्री र पदमा बस्नेहरुको कुर्सी जलाउने र उनीहरुलाई सडकमै ल्याएर कारवाही समेत गरेका छन्, हाम्रो माग पनि समयमै पुरा नभए त्यही बाटो रोज्न बाध्य हुनेछौं, त्यसैले जनतालाई आक्रोश बनाउने काम कसैले नगर्नुहोला,’ कोइरालाले असार १ गतेदेखि बस्ने अनसनको बारेमा जानकारी दिँदै सञ्चारकर्मीहरुसँग भने, ‘लाखौं लगानीकर्ता पुँजी बजारमा आवद्ध छन्, भोली हाम्रो माग पुरा नहुँदाको उनीहरुको आक्रोस सरकारले थाम्न सक्छ ? १० कित्ता आईपीओ भर्ने लगानीकर्तादेखि अर्बौं लगानी गर्ने ठूला लगानीकर्ता, मर्चेण्ट बैंकरहरु पुँजी बजारमा आवद्ध छन्, ५२ लाख लगानीकर्तालाई आक्रासित बनाउने काम नगरियोस् ।’

कोइराला असार १ गतेदेखि नेपाल धितोपत्रब बोर्डको आँगनमा अनसन बस्दैछन् । उनको शान्तिपूर्ण अनसनमा बोर्डले भड्काउने काम गरे भोलिको दिनमा बोर्ड नै नरहने गरी हिंसात्मक आन्दोलनका कार्यक्रमहरु लगानीकर्ताहरुले गर्ने उनको चेतावनी हो ।

‘पुँजी बजार सुधारको माग नै तिमीहरुले राख्न पाउँदैन भन्दै बोर्डले अनसन बस्न नदिने भन्छ वा बल प्रयोग गरी हटाउने प्रयासमा दमन हुन्छ भने त्यसको विकल्प आम लगानीकर्ताले खोज्छन्, त्यो बेला बोर्डको कार्यालय वा अस्तित्व नै रहन्छ/रहँदै वा कहाँ सर्छ भन्ने कुरा आउन सक्छ,’ उनले भने, ‘अहिले पुँजी बजारको विकास र विस्तार, ५२ लाख लगानीकर्ताको लगानीको सुरक्षाको लागि हामीले अर्जुन दृष्टिले हेरेर अनसनको कार्यक्रम सुरु गर्न लागेको हौं, सरकार बोर्डले यो कुरा बुझेर पनि हामी माथि अमानविय व्यवहार गर्छ भने हामीले पनि कडा ढंगले सोच्नु पर्ने बाध्यता रहन्छ ।’

सरकार र सम्बन्धित निकायले पुँजी बजारको लागि राखिएको १९ बुँदे मागलाई वास्ता नगरे लाखौं लगानीकर्ता हिंस्रक भएरै सडकमा उत्रिने र त्यसको आक्रोश सरकारले थाप्न नसक्ने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्