Shikhar Insurance

‘३० दिनभित्र सीडी रेसीयो ९० प्रतिशत तल झर्नुस् नत्र कारवाही गछौं’- राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ ३१, मंगलवार २०:२७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘कम्प्लायन्स’ असार मसान्तभित्र पालना नगरे कारवाही गर्ने चेतावनी दिएको छ । केन्द्रीय बैंकले २७ वटै वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई बोलाएर एनपीएल, सीडी रेसीयो तोकिएको सीमा समय हुँदै ल्याउन निर्देशन दिएका हुन् । साथै बफर क्यापिटल लगायतमा बैंकहरुले पालना गर्नु पर्ने फाइनान्सियल ‘कम्प्लायन्स’ बारे सचेत गराउँदै पालना नभए ऐन अनुसारको कारवाहीमा पर्न सक्ने बारे सचेत गराएको हो ।

चालु आर्थिक वर्षभित्र बैंकहरुलाई पालना गर्नु पर्ने विविध नीति निर्देनशहरु पालना भए÷नभएको र ‘कम्प्लायन्स’ को अवस्थाबारे जानकारी लिन बैंक सुपरिवेक्षण विभागले बार्षिक सूची अनुसार सीइओहरुलाई बोलाएर सचेत गराएको राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘असार मसान्तका ‘कम्प्लायन्स’ मा सचेत गराउन सीइओलाई बोलाइएको हो, सीडी रेसीयोमा सहुलियत नहुने स्पष्ट पारेका छौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले सिंहदरबारसँग भने, ‘एनपीएल, बफर क्यापिटल, सीडी रेसीयो, अवस्था यस्तो छ चालु आव सकिन लाग्यो ‘कम्प्लायन्स’ सम्हालेर काम गर्नुस् भनेका हौं, बैंकहरुको फाइनान्सियल रेसीयोहरु क्रस छ भने त्यो कायम गर्नुस् भनेका छौं । पालना नगरे कारवाहीमा पर्ने स्पष्ट छ ।’

असार मसान्तभित्र सीडी रेसीयो ९० प्रतिशतभन्दा माथि हुने बैंकलाई समय थप नहुने उनले बताए । सीमा भन्दा माथि सीडी रेसीयो भएका वाणिज्य बैंकहरु ऐनले तोकेको कारवाहीमा पर्ने उनको भनाइ छ । २७ वटै वाणिज्य बैंमा सीइओहरुसँग बैंक सुपरिवेक्षण विभागले गरेको उक्त छलफलमा राष्ट्र बैंकका डेपुटी गभर्नरहरु डा। निलम ढुंगाना तिमिल्सिना र बमबहादुर मिश्र, सुपरिवेक्षण विभागका प्रमुख देवकुमार ढकाल, नियमन विभागका प्रमुख गुणाकर भट्ट, विदेशी बिनिमय विभागका प्रमुख गुरु पौडेल लगायत विभागिय निर्देशकहरुको उपस्थिति थियो ।

जसमा बैंक सुपरिवेक्षण विभागका निर्देशक सतेन्द्र तिमल्सिनाले चालु आर्थिक वर्षमा बैंकहरुको कोर फाइनान्सियल अवस्था कस्तो छ रु र उनीहरुले कुन इडिकेटरलाई पालना गरेका छैनन् र त्यसको कारवाही के हुन सक्छ भनेर दर्जन बाढी बैंकहरुको बदमासी पावर पोइन्ट प्रिजेन्टेसनमार्फत देखाएको थियो। जसमा १५ वटा वाणिज्य बैंकको सीडी रेसीयो ९० प्रतिशतमाथि र ७ वटा वाणिज्य बैंकको ९२ प्रतिशतभन्दा माथि रहेको तिमल्सिनाले उजागर गरेका थिए । ती बैंकहरुलाई सुपरिवेक्षण विभागले सीडी नीति कार्यन्वयन गराउन नजिकबाट निगरानी गरिरहेको मिश्रले बताए ।

उक्त प्रस्तुतिपछि सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले सीइओहरुलाई निर्देशात्मक शैलीमा सुझाव दिएको बैंकर्स संघका अध्यक्ष अनिल उपाध्ययले बताए ।

‘हामी साउनदेखि कुनै पनि कम्प्लाइअन्समा सम्झौता गर्दैनौं, यो कुरा तपाइहरुले असार मसान्त भित्रै विचार गरेर काम गर्नुस्, अस्ति तपाइहरुको अध्यक्ष र संचालकहरुसँग गभर्नर साब दिनु भएको मार्ग दर्शन के भन्नु भयो थाहा पाइसक्नु भयो होला, आफ्नो अडिट त्यही अनुसारले गर्नुस्,’ ढकालको भनाईलाई उदृत गर्दै संघका अध्यक्ष उपाध्ययले सिंहदरबारसँग भने, ‘प्रोभिजन, वोकिङ क्यापिट लोन, तरलता ब्यवस्थापन, ब्याजदरको स्थायित्व लगायतका बिषयमा उहाँहरुले सचेत गराउनु भएको छ ।’

कम्प्लायन्स पुरा नगर्ने बैंकहरुलाई राष्ट्र बैंकले आफ्नो तरिकाले हेर्ने भन्दै विषेशगरी सीडी रेसीयोलाई सीमामा ल्याउन निर्देशन दिएको उनले बताए ।

राष्ट्र बैंकले अहिले सीडी रेसियो ९० प्रतिशत माथि १५ वटा बैंकको भएको तथा जसमा ७ वटा बैंकको ९२ प्रतिशतभन्दा बढी रहेको जानकारी गराएको थियो । यसबाहेक प्रोभिजनको व्यवस्थाले पुँजीकोष अनुपातमा दवाब पर्ने जानकारी समेत राष्ट्र बैंकले बैंकरलाई गराएको थियो ।

राष्ट्र बैंकले स्थगित गरेको काउन्टर साइलिङ बफर समेत आउने वर्षदेखि लागू गर्ने छ । केही कर्जामा जोखिम भार समेत असार मसान्तदेखि लागू हुने गरेर बढाएको हुँदा पुँजीकोषमा थप दवाव पर्ने छ ।

यस्तै राष्ट्र बैंकले मर्जरको लागि असार मसान्तसम्ममात्र छुटको लागि सीमा भएको जानकारी बैंकका सीइओलाई दिएको छ । बैठकमा अधिकाशं बैंकका सीइओ सहभागी थिए । केही बैंकबाट डेपुटी सीइओ सहभागी थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्