Shikhar Insurance

प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२ सुरू, विभिन्न कलेजमा यसरी प्रबर्द्धन गर्नेछ वित्तीय साक्षरता

सिंहदरबार संवाददाता
२०७९ असार १, बुधबार १८:११
NIMB
Nabil Bank

काठमाडौं । प्रभु क्यापिटलले असार ०१ गतेबाट विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम –२०२२” सञ्चालन गरेको छ । व्यवस्थापनमा स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरुलाई समेटेर नेपाल मै पहिलो पटक वित्तिय साक्षरता अन्तरगत यो कार्यक्रम संचालन गर्ने लागेको हो ।

विद्यार्थीहरुमा नेपालको पूँजी बजार, लगानी व्यवस्थापन एवं शेयर कारोबारको सम्बन्धमा प्रयोगात्मक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यो कार्यक्रममा प्रत्येक महिना १ गतेबाट महिनाको अन्तिम कारोबार दिनसम्म सञ्चालन हुनेछ । असार महिनाबाट शुरु हुने पहिलो “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२” मा ५ वटा कलेजका ३६ जना विद्यार्थीहरुलाई सहभागि हुनेछन् । असार महिनाको पहिलो “प्रभु क्यापिटल इन्भेष्टमेन्ट गेम–२०२२” असार ०१ गतेबाट शुरु भई असार ३१ गतेसम्म सञ्चालन हुनेछ ।

विद्यार्थीहरुले शेयर कारोबार हुने प्रत्येक दिन आफ्नो तर्फबाट खेलमा सहभागिता जनाउनुपर्नेछ । असार महिनाको अन्तिम कारोबार दिनसम्म खेल्दै आउँदा जसले धेरै अंक हासिल गर्छन् उनीहरु विजयी हुनेछन् । खेल मा प्रथम हुनेलाई कार्यक्रमको अन्त्यमा रु. १० हजार बराबरको प्रभु सेलेक्ट फण्ड प्रदान गरिनेछ ।

श्रावण महिनाको खेलमा सहभागी हुन चाहने कलेज तथा विद्यार्थीहरुले कलेजको सिफारिस सहित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा असार १५ गते भित्र सम्पर्क गरिसक्नुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्