Shikhar Insurance

एमसीसीको प्रतिरक्षा गरेका गगन संसदमा गर्जिए : एसपीपी कहाँबाट आयो ? सरकारको यस्तो जवाफ

सिंहदरबार संवाददाता
२०७९ असार १, बुधबार १३:१८
NIMB
Nabil Bank

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीको प्रतिरक्षा गरेका नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‍मा प्रस्ट पार्नुपर्ने माग गरेका छन् ।

‘अहिले प्रधानमन्त्री मेरो पार्टीको सभापतिसमेत हुनुहुन्छ । नेपाल यस्तो खालको सामरिक स्वार्थ भएको ठाउँमा न कहिल्यै थियो, न कहिल्यै हुनेछ । त्यसैले प्रधानमन्त्रीज्यूको कुरा पनि यही हो भन्ने मलाई लाग्छ । म आग्रह गर्न चाहन्छु, आजै यो विषयमा प्रस्टसँग उहाँले आफ्नो धारणा राखिदिनुहुनेछ,’ उनले भने, ‘अमेरिका के चाहन्छ, त्यो उसको कुरा हो । हामीले के गर्ने हो, त्यो यहाँ उभिएर प्रधानमन्त्रीले प्रस्ट गरिदिएपछि हामीलाई ढुक्क हुन्छ ।’

Citizen Life
Kumar Bank
Nepal Life

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपिपी) सम्झौता गर्न लागेको भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराए । आजको बैठकमा विशेष समय लिएर पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले नेपालको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिमा खलल पुग्ने गरी कुनै पनि गतिविधि गर्न नहुने धारणा राख्दै यसबारेमा सदनलाई स्पष्ट पार्न माग गरे ।

उनले सन् २०१५ मा भएको पत्राचारपछि सो सम्झौताको मस्यौदा तत्कालीन सरकारले गहिरो अध्ययनविना प्रक्रिया अघि नबढाएको स्मरण पनि गरे । साथै नेता ज्ञवालीले नेपाली सेना विश्वमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको आह्वानमा बाहेक अन्य कुनै पनि मुलुकको रणनीतिक छातामुनि खट्न नहुने स्पष्ट गरे ।

सरकारले भने अमेरिकाले स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा सम्झौताका लागि अमेरिकाले प्रस्ताव नगरेको बताएको छ । प्रतिनिधि सभामा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले नेपालले पनि एसपीपी माग नगरेको बताए ।

उनले भने, ‘नेपाल सरकारले कुनै पनि स्टेट पाटनरसिप प्रोग्राममा लागि इन्भाइट गरेको छैन । प्रस्ताव गरेको छैन । प्रस्ताव राखेको छैन । हामीकहाँ प्रस्ताव आएको पनि छैन । यो कुरा गलत हो, झुटा हो । सरासर गलत हो । सरकारलाई बदमना गराउने एउटा खेल मात्रै हो ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्