Shikhar Insurance

नेप्से दोहोरो अंकले घटेपनि यी २ कम्पनीका लगानिकर्ता मालमाल

सिंहदरबार संवाददाता
२०७९ असार १, बुधबार १५:४७
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र बजार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । लामो समयदेखि निरन्तर घटिरहेको सेयर बजार आज पनि घट्ने क्रमले निरन्तरता पाएको हो ।

सेयर बजार विकास र सुधारको लागि भन्दै सेयर लगानीकर्ता तिलक कोइराला आज (असार १) देखि अनसन बसेका छन् । कोइराला नेपाल धितोपत्र बोर्डको कार्यलय अगाडि अनसन बसेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यता नेप्से परिसूचक २९.८९ अंकले घटेर १९६६.३७ को विन्दुमा बन्द भएको हो । त्यस्तै ठूला कम्पनीको सेयर मापक सेन्सिटिभ इन्डेक्स पनि ४.६० अंकले घटेर ३७८.९० को विन्दुमा आएको छ ।

आज दिनभरीमा २२९ स्क्रिप्टका ४१ लाख ८२ हजार ३६९ कित्ता सेयर १ अर्ब ४९ करोड १७ लाख ५८ हजार रुपैयाँमा खरिदबिक्री भए ।

नेप्से दोहोरो अंकले घटेपनि आँधिखोला लघुवित्त वित्तीय संस्था र सिवाइसि नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । आज यी दुई कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने बलेफी हाइड्रोपावर कम्पनीको लगानीकर्ताहरुले सबैभन्दा धेरै ८.७६ प्रतिशतले गुमाएका छन्

कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको १२ करोड ५७ लाख १४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यसैगरि हिमालयन डिस्टिलरीको ५ करोड २८ लाख ३४ हजार, बैंक अफ कठमाण्डूको ५ करोड १६ लाख ९५ हजार, एनआईसी एशीय बैंकको ४ करोड ४१ लाख ३३ हजार र अरुण भ्याली हाइड्रो पावार कम्पनीको ४ करोड १० लाख ४४ हजार रुपैयाँ सहित शीर्ष पाँच भित्र रहेको छ ।

आज कारोबारमा आएका २० कम्पनीको सेयर मूल्य बढ्दा १७३ कम्पनीको घटेको छ भने ३ कम्पनीको सयेर मूल्य स्थिर रहेको छ । समूहगत उपसूचकहरु सबै घटेका छन् । सबैभन्दा बढी इन्भेस्टमेन्ट समूह घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्