Shikhar Insurance

सिन्धुलीको कमला नदीको किनारमा आन्तरिक बिमानस्थल बन्ने, सिन्धुलीबासीमा खुसीयाली

सिंहदरबार संवाददाता
२०७९ असार १, बुधबार १९:५७
NIMB
Nabil Bank

काठमाडौं । सबैभन्दा बढी जिल्लासँग सिमा जोडिएको जिल्ला सिन्धुलीमा आन्तरिक विमानस्थल बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पार्ने भएको हो ।

वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारण सम्बन्धी सार्वजनिक सूचना जारी गरिएको छ । बिमानस्थल कमलामाई नगरपालिकाको ८ नम्बर र १० नम्बर वडाको बाघमारा सिस्नेरीमा बन्नेछ । बिमानस्थलको नाम ‘सिन्धुली कमलामाई विमानस्थल’ रहनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

विमानस्थलको रनवे ३० मिटर चौडाई र १६ सय मिटर लम्बाईको हुनेछ । ट्याक्सी वे केन्द्रीय ८० मिटर लामो, ४३१ मिटर समानान्तर ट्याक्सी वे र ८० मिटर लामो एप्रोन बन्नेछ । विमानस्थल ४५.५ हेक्टर क्षेत्रफलमा बन्नेछ ।

रणनीतिक हिसाबले सिन्धुलीको बिमानस्थल निकै महत्वपूर्ण मानिएको छ । यो बिमानस्थल निर्माणपछि सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, ओखलढुंगा, खोटाङलगायत जिल्लाबासी लाभान्वित हुनेछ ।

सूचनामा भनिएको छ, “वातावरण संरक्षण नियमावली, २०७७ को नियम ४ को उपनियम (२) बमोजिम प्रस्तावको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन सम्बन्धी क्षेत्र निर्धारण गर्ने क्रममा सो क्षेत्रको प्राकतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीहरूमा के कस्तो प्रभाव पर्दछ भनी यकीन गर्न सो स्थानको नगरपालिका, वड़ा तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकाले सार्वजनिक सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र निम्न ठेगानामा आईपुग्ने गरी राय सुझाव उपलब्ध गराई दिनु हुन अनुरोध छ ।”

स्थानीयले माग गरेको झण्डै एक दशकपछि सिन्धुलीमा विमानस्थल बन्ने भएको हो । जिल्लाको कमलामाई नगरपालिका-८ को कल्याणी मन्दिर नजिकै विमानस्थाल निर्माणका लागि नेपाल नागरिक उड्यान प्राधिकरणले पहिलो चरणको सम्भाव्यत्ता अध्ययन पूरा गरिकसकेको छ ।

७२ सिटेसम्म विमान अवतरण तथा उडान गर्न सक्नेगरी बिमानस्थल बनाइँदैछ । विमानस्थल निर्माणस्थल सिन्धुली सदरमुकाम माढीबाट १२ किलोमिटर तथा भिमान बजारबाट ६ किलोमिटर दूरीको बीचमा पर्छ ।

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तरगत महोत्तरीको बर्दीवासबाट वीपी राजमार्गहुँदै २५ किलोमिटर दूरीमा सिन्धुली विमानस्थलमा आउन सकिन्छ भने मध्यपहाडी लोकमार्ग तथा वीपी राजमार्गहुँदै ३२ किलोमिटर दूरीमा रामेछापबाट आई पुगिन्छ।

सिन्धुली विमानस्थलबाट सिमरा विमानस्थलसम्म ९५ किलोमिटर, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८५ किलोमिटर र लुक्ला विमानस्थल ९९ किलोमिटर दूरीमा पर्दछ। जिल्लामा विमानस्थल बन्ने भएपछि स्थानीय भने निक्कै उत्साहित भएका छन् ।

सिन्धुली जिल्ला हुँदै राजधानी काठमाडौं तथा मध्य तराईका साथै पूर्वी र मध्यपहाडी जिल्ला जोड्ने चार ठूला राजमार्ग निर्माण भएपछि जिल्लामा स्थानीयले विमानस्थल निर्माण गर्नुपर्ने माग गर्दै आएका थिए।
बनेपा-बर्दीवास वीपी राजमार्ग, मध्येपहाडी लोकमार्ग, धरान-चतरा तथा मदनभण्डारी लोकमार्ग जिल्ला हुँदै निर्माण भएका छन्। यी राजमार्गमा हुने सवारी दुर्घटना र राज्यका भीआइपी तथा भीभीआइपीदेखि आन्तरिक तथा बाह्य पर्यटकको आवतजावतमा समेत विमानस्थल निर्माण भएपछि सहज हुने भएको छ। यस विमानस्थल निर्माणपछि सोलु तथा लुक्लासम्म जाने आउने पर्यटकका लागि सिन्धुलीबाट एक उपयुक्त गन्तव्य हुने पनि अनुमान गरिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्