Shikhar Insurance

सबैभन्दा ठूलो बैंक बन्दै ‘ग्लोबल आईएमई बीओके’, १:१ को स्वापमा मर्ज हुने सम्झौता

सिंहदरबार संवाददाता
२०७९ असार २, बिहीबार १०:१९
NIMB
Nabil Bank

काठमाडौं । देशकै सबैभन्दा ठूलो बैंक दौडमा ग्लोबल आइएमई बैंकले पुनः बाजी मार्ने भएको छ । ग्लोबल आईएमईले बैंक अफ कठमाण्डूसँग मर्जरको सम्झौता गरेको हो ।

एक साता अघिमात्र नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले देशकै ठूलो बैंक बन्ने गरी सम्झौता गरेका थिए । हाल सबैभन्दा ठूलो बैंकका रूपमा चिनिएको ग्लोबलले बीओकेसँग सम्झौता गरेर आफ्नो शाख कायम राख्ने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

दुई बैंकले बिहीबार मर्जर सम्झौता गरेका छन् । दुई बैंक १ बराबर १ को स्वाप रेसियोमा मर्ज भएर ३४ अर्ब भन्दा बढी चुक्तापुँजी भएको बैंक बन्नेछ ।

व्यवस्थापन र सञ्चालकहरूमा ग्लोबल आईएमईको बहुमत हुनेछ । बैंकको प्रमुख कार्यकारी अधिकृत सत्नराज बज्राचार्य हुनेछन् भने अध्यक्ष चन्द्र ढकाल नै रहनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्