Shikhar Insurance

नेप्सेमा ६ वाणिज्य बैंकको सेयर किनबेच गर्न नपाइने !

सिंहदरबार संवाददाता
२०७९ असार २, बिहीबार १०:४६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोकेको छ । १:१ को स्वापमा मर्जरमा जाने सम्झौता गरेका २ बैंकको सेयर बिहीबारदेखि किनबेच गर्न नपाइने भएको हो ।

यी २ बैंक थपिएसँगै नेप्सेमा कारोबार रोक्का भएका बैंकको संख्या ५ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एक साता अघि मात्रै मर्जरको सम्झौता गरेका नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक नेपालको कारोबार पनि रोकिएको छ । उनीहरू १:०.९ को स्वापमा मर्ज हुन लागेका हुन् । यस्तै गत पुस मसान्तमै नबिल बैंकमा बिलय हुने सम्झौता गरेको नेपाल बंगलादेश बैंकको पनि सेयर कारोबार रोक्का छ ।

यस्तै पब्लिक सेयर नभएको (सेयर सूचीकरण नभएको) राष्ट्रिय वाणिज्य बैंकको सेयर पनि नेप्सेमा किनबेच गर्न मिल्दैन । यसरी सञ्चालनमा रहेका कुल २७ मध्ये ६ वाणिज्य बैंकको सेयर धितोपत्रको दोस्रो बजारमा किनबेच गर्न मिल्दैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्