Shikhar Insurance

‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’ साउन १ गतेदेखि सञ्चालनमा आउँदै

सिंहदरबार संवाददाता
२०७९ असार २, बिहीबार १४:३२
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स साउन १ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

असार २ गतेसम्म हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको विशेष साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गर्दै ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्ने मिति तय गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघिनै मर्जर सम्झौता गरेका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले स्वाप रेसीयो १०० बराबर ८५ तय गरेका छन् । जसमा हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता सेयरबराबर एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता सेयर हुनेछ ।

यी दुवै कम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने सहमति भएको थियो । दुवै कम्पनीका अधिकारीले मर्जरमा जाने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए ।

नियमक निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी चैत मसान्तभित्र न्युनतम २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिए बमोजिम हिमालन जनरल र एभरेष्ट इन्स्योरेन्स एकआपसमा गाभिने निर्णयमा पुगेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्