Shikhar Insurance

नेप्सेमा सामान्य सुधार, २ कम्पनीकाे सेयर मूल्यमा सर्किट

सिंहदरबार संवाददाता
२०७९ असार २, बिहीबार १५:५७
NIMB
Nabil Bank

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले सुधार आएको छ । लामो समयदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक बिहिबार भने लागानीकर्ताहरुलार्ई झिनो आश देखाएको हो ।

बिहिबार नेप्से परिसूचक १२.५७ अंकले बढेर १९ सय ७८ दशमलव ९४ को विन्दुमा बन्द भएको छ । त्यस्तै ठूला कम्पनीको सेयर मापक सेन्सिटिभ इन्डेक्स ३.१० अंकले बढेर ३ सय ८२ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

आज २२१ स्क्रिप्टका ३५ लाख ९४ हजार ५ सय ९४ कित्ता सेयर १ अर्ब १८ करोड ७१ लाख ४५ हजार रुपैयाँमा खरिदबिक्री भए ।

कारोबारमा आएका १३७ कम्पनीको सेयर मूल्य बढ्दा ४५ कम्पनीको घटेको छ भने १२ कम्पनीको सेयर मुल्य स्थिर रहेको छ ।

आज नेप्से सामान्य अंकले बढ्दा आधिखोला लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावाार कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ भने सामुदायीक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल दुरसंचार कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको १३ करोड ८८ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । त्यसैगरि नेपाल क्रेडिट एण्ड कर्मसिएल बैंकको १० करोड ३५ लाख ४ हजार रुपैयाँ र सिभिल बैंकको ४ करोड ७१ लाख १९ हजार रुपैयाँको कारोबार भए ।

लुुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सर्वाधिक ३.८० प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएउका १२ वटा समुहगत उपसूचकहरु बढेका छन् भने लगानी उपसूचक घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्