Shikhar Insurance

अर्थमन्त्रीको जवाफः ‘करको दररेट परिवर्तनमा एक्लै गरेको हैन,विभाग प्रमुख र सचिव पनि छन्’

जवाफ चित्त नबुझाइ एमाले सांसदले गरे बैठक बहिस्कार
सिंहदरबार संवाददाता
२०७९ असार २, बिहीबार १५:१५
NIMB
Nabil Bank

काठमाडौं । एमालेका सांसदहरुले राजश्वको दररेट रातारात परिवर्तन गरिएको भन्दै अर्थमन्त्री जनार्दन शर्माकाे  राजिनामा मागेका थिए । बिहीबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको मन्त्रालयसम्बन्धि प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले करको दर छलफल गरेरै निर्धारण गरेको जवाफ दिएका थिए ।

तर, अर्थमन्त्री शर्माले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै एमाले सांसदहरुले बैठक बहिस्कार गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री शर्माले एमाले सांसदहरुले राजश्वसँग सम्बन्धित विषयमा उठेका प्रश्नको जवाफमा भने–‘राजश्वका दररेट परिवर्तन गर्ने बिषयमा आवश्यक प्रक्रियाहरु छन् । त्यसमा सम्बन्धित विभागका प्रमुखहरु र सचिव ज्यूहरुको कमिटीले गर्ने प्रचलन रहेको छ, त्यो अनुसार भएका दर रेटहरु प्रति म पूर्ण रुपमा जिम्मेवारी र जवाफदेही छु । त्यसमा राष्ट्र घात भएको भए, कतै गद्दारी भएको छ भने त्यसको पूर्ण जिम्मेवारी लिन म तयार छु । यहाँ नेर कुनै राष्ट्र घात भएको छैन । देशको डलरको सञ्चिती र आयात र उत्पादनलाई ध्यान दिएर औधोगिक क्षेत्र समेत कसरी अघि बढाउने भन्नेमा ध्यान दिएर नै राजश्वको दरहरु परिवर्तन गरिएको हो ।’

सेनिटरी प्याड, पाम आयलको पैठारी महशुलमा कुनै पनि छुट नभएको उनले संसदमा जवाफ दिएका थिए ।

‘उद्योग विभागको सिफारिसमा बिस्कुट र चाउचाउ उद्योगले पाम आयल र पामलिन आयलको आयात गर्दा ५ प्रतिशत भन्सार महसुल लाग्ने सिफारिस गरिएको छ, प्रस्तावित व्यवस्थाले बिस्कुट र चाउचाउ उद्योगलाई सहुलियत प्राप्त भएको छ । त्यसमा स्वदेशी पाम आयल उद्योगलाई पर्ने समस्याको बारेमा पनि छलफल भइरहेको छ ।’

उनले ठुला विद्युतिय सवारीको मात्र पैठारीमा महशुल बढाइएको हुँदा यसले विदेशी सञ्चिति घटाउन र आयात बढाउन कुनै भुमिका नखोल्ने बताए ।

‘१ सय किलोवाटभन्दा मुनिका विद्युतिय सवारीमा कुनै पनि कर बढाइएको छैन, सोभन्दा माथिको विद्युतिय गाडी आयातमा मात्र दर बढाइएको हो, दर बढाउँदा डलरको सञ्चिति र आयातलाई ध्यान दिएर बनाइएको हो ।’

बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिलाई समावेश गरी अनधिकृत रुपमा करका दररेट घटबढ गरेको आरोप एमालेले लगाउँदै आएको छ । जसको बजाफमा अर्थमन्त्री शर्माले सचिव र विभागीय प्रमुखहरु सहित बसेर तय गरिएको करको दरमा आफुले पुर्ण जिम्मेवारी लिने बताउँदै मन्त्री शर्माले बजेट निर्माणको क्रममा अर्थ मन्त्रालय भित्र बाहिर/भित्र गर्ने मान्छेको जिम्मा आफुले नलिने प्रष्ट पारे ।

‘कुन मान्छे भित्र आए कुन मान्छे बाहिर गए मलाइ थाहा हुने कुरा हैन, मैले साढे ११ बजेपछि पौने १२ बजे पुलचोक क्वाटरमा गएर आरम गरेको छु र बिहान ६ बजेमात्र मन्त्रालय गएको हुँ ।’

त्यसपछि अर्थमन्त्री जनार्दन शर्माले दिएको जवाफ चित्त बुझ्दो नभएको भन्दै एमाले सांसदहरुले उनकोे राजीनामा माग्दै बैठक बहिष्कार गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्