Shikhar Insurance

निजी क्षेत्रका क्याप्टेनहरुलाई महासंघमा स्वागत, सरकारको नीति अझै आफूहरूमैत्री हुन नसकेको गुनासो

सिंहदरबार संवाददाता
२०७९ असार ३, शुक्रबार १०:३०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य वस्तुुगत संघहरूको हालै सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूको सम्मानमा महासंघले बुधवार महासंघ सचिवालयमा स्वागत एवं बधाई कार्यक्रम आयोजना ग¥यो । सदस्य वस्तुुगत संघका नवनिर्वाचित टिमलाई महासंघले नियमितरूपमा स्वागत एवं बधाई कार्यक्रमको आयोजना गर्दै आएको छ ।

महासंघको वस्तुुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, नेपाल ईंटा उद्योग महासंघ, नेपाल अलैंची व्यवसायी महासंघ, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस्, नेपाल चलचित्र संघ, नेपाल दाना उद्योग संघ र नेपाल बिउ व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गरिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई खादा लगाई स्वागत गर्दै बधाई दिए । सो कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा वस्तुुगत संघहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । “उद्योगधन्दाको विस्तार, रोजगारी सिर्जना, पुँजी निर्माणमा वस्तुगत संघहरुको योगदानलाई महासंघले सधै उच्च प्राथमिकता दिएको छ, अध्यक्ष गोल्छाले भने, महासंघले अगाडि सारेको भिजन पेपरका लक्ष्यलाई पुरा गर्ने कार्यमा पनि तपाईंहरूको सहयोग महासंघले खोजेको छ,” गोल्छाले भने ।

आफ्ना सबै सदस्यहरूसँग पर्याप्त छलफल गरेर भिजन पेपर तयार पारिएको स्मरण गराउँदै अध्यक्ष गोल्छाले भने, “अब यसले लिएका लक्ष्य पुरा गर्ने कार्यमा तपाईंहरूले आ–आफ्ना स्थानबाट नेतृत्व लिएर अगाडि बढ्नुहोस्, तपाईंहरूलाई के कस्तो सहयोग चाहिन्छ, महासंघले सहयोग गर्छ ।” साथै उनले नवनिर्वाचित पदाधिकारीहरूको सफल कार्यकालको शुुभकामना पनि दिनुुभयो ।

स्वागत एवं बधाई कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठले महासंघको शक्तिनै सदस्य संघहरू भएकाले आफ्ना सदस्यहरूको सहयोग र सहकार्यमा निजी क्षेत्रका चुनौतीको सामना गर्दै मुलुुकभित्र उद्योग व्यवसाय विस्तार, रोजगारी सृजनामा महासंघ लागिरहेको स्पष्ट पार्नुभयो । निजी क्षेत्रका अगाडि समस्याको पहाड रहेकाले ती समस्याहरूलाई पन्छाएर काम गर्न निजी क्षेत्र बीच एकता र सहकार्य आवश्यक भएकोमा जोड दिए । उपाध्यक्षद्वयले भने, “तपाईंहरूले आफ्ना क्षेत्रमा क्याप्टेनको भुमिकामा रहेर जिम्मेवारी निर्वाह गर्न र आफ्नो कार्यकालमा आफ्ना क्षेत्रमा उल्लेख्य कार्य गर्न सफल हुनुुहोस् ।”

नवनिर्वाचित अध्यक्षहरूकोतर्फबाट मन्तव्य राख्ने क्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला क्षेत्रको दिर्घकालिन विकासको लागि सार्क हस्तकला विकास केन्द्र संचालन, महासंघले राष्ट्रिय हस्तकला विकास नीतिको मस्यौदा गरी सरकारमा प्रस्तुत गरी सकेको हुँदा सोको कार्यान्वयनमा एफएनसीसीआईबाट सहयोगको अपेक्षा गरिएको बताए ।

नेपाल ईंटा उद्योग महासंघका अध्यक्ष शंकर बहादुर चन्दले लगानी र रोजगारीका हिसावले उल्लेख्य योगदान दिएको ईंटा उद्योगलाई राज्यले उद्योगको मान्यता दिन नसकेकोमा गुनासो गरे । ईंटा उद्योगलाई बिमा कम्पनीले पनि पत्याएनन्, सरकारले पनि प्राथमिकतामा राखेन’ उनले भने–अहिले ईंटा उद्योगमा दक्ष जनशक्तिको चर्को अभाव छ, भारतबाट जनशक्ति ल्याएर उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता भएकाले जनशक्ति विकासमा महासंघको सहयोग खोजेको बताए ।

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले यस क्षेत्रका विविध समस्या छन्, तालीम प्राप्त जनशक्ति छैनन, यसको गुणस्तर पहिचान, मार्केटिङ, प्याकेजिङ, ब्राण्डिङ लगायतमा ठूलो समस्या छ, यसका लागि सहयोग गर्न आग्रह गरे । अध्यक्ष भट्टराईले स्वदेश तथा विदेशमा आयोजना हुने मेला महोत्सवमा नेपाली अलैचीका लागि छुटै स्टलको व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न आग्रह गरे ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस(नाटा)का अध्यक्ष रमेश थापाले कोभिडले थिलोथिलो भएको ट्राभल व्यवसायको उत्थानका लागि सहयोग गर्न आग्रह गरे । सम्पदा क्षेत्रमा सार्वजनिक सवारी साधन निषेध गरिनुुपर्ने, पर्यटन क्षेत्रका लागि छुट्टै वस पार्कको व्यवस्था हुनुुपर्ने, महासंघको पर्यटन समितिमा पर्यटन क्षेत्रका विविध समस्याका वारेमा नियमित छलफल गरी समस्या समाधानमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने सुुझाव उनले राखे ।

नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले कुखुराको मासु र अण्डामा आत्मनिर्भर भएपनि दाना उत्पादनमा भने अहिलेपनि अरू देशकै भरपर्नु पर्ने परिस्थिति रहेको बताए । दानाका लागि आवश्यक मकै तथा भटमासको पीनाका लागि छिमेकी देश भारत तथा अन्य राष्ट्रहरूको भर पर्नुपर्ने परिस्थिति अन्त्य गर्नु पर्ने र त्यसका लागि नेपालमा मकै र भटमास खेती विस्तारमा सरकारको ध्यानाकर्षण गराउनुु पर्ने र यसमा महासंघले सहयोग गर्नुपर्ने सुुझाव राखे ।

नेपाल चलचित्र संघका अध्यक्ष विरेन्द्र नारायण श्रेष्ठले अर्वौको लगानी गरी हजारौलाई रोजागरी दिइरहेको चलचित्र व्यवसायीलाई राज्यले प्राथमिकतामा पर्न नसकेको गुनासो गर्दै राष्ट्रिय उद्योगको मान्यता दिने कार्यमा महासंघले सहयोग गर्नुपर्ने बताउनु भयो । कोभिड महामारीबाट बढी प्रभावित सूचीमा राखिएपनि राज्यले दिनुुपर्ने सुविधाबाट वञ्चित गरिएको गुनासो गरे । उनले समग्रमा चलचित्र व्यवसायीहरूलाई परेको पिरमार्कामा सहयोग गर्न महासंघलाई आग्रह गरे ।

नेपाल बीउ व्यवसायी संघका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले नेपाललाई बीउ आत्मनिर्भर बनाउने कार्यमा संघले लागेपनि बीउ व्यवसाय ऐन २०४५ का कारण त्यो निकै कठिनाई भएको बताए । ऐनका कतिपय प्रावधानका कारण व्यवसायीहरू पलायन हुन थालेको बताउँदै संसदमा दर्ता रहेको बीउ विजन ऐन २०४५ लाई संशोधन गर्न बनेको विधेयकलाई जतिसक्दो छिटो पारित गर्ने कार्यमा सहयोग गर्न महासंघलाई आग्रह गरे । साथै उनले महासंघलाई नीतिगत विषयमा नियमित छलफल चलाउन पनि आग्रह गरे ।

कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, वस्तुुगत परिषद्का उपसभापतिहरू, सदस्यहरू र उद्यमी व्यवसायीहरूको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्