Shikhar Insurance

सुनको मूल्य ५ सयले बढ्यो, कतिमा हुँदैछ काराेबार?

सिंहदरबार संवाददाता
२०७९ असार ३, शुक्रबार ११:०९
NIMB
Nabil Bank

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाल सुन ९७ हजार ३ सय रुपैयाँमा खरदिबिक्री भएको थियो ।

त्यसैगरि तेजावी सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९७ हजार ३ सय रु रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९६ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १२ सय ६५ रुपैयाँमा खरिदसबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारकाे आधारमा नेपाल महासंघले सुनचाँदीकाे मूल्य  ताेक्ने गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्